Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुरक्षाका तिनै शक्ति चलायमान

काठमाडौं । छोटो कार्यकाल पूरा गरी प्रहरी महानिरीक्षक दिपक थापाले भोलिबाट अवकाश लिँदैछन् । सरकारले चन्द्रकुवेर खापुङलाई आईजीपी तोकिसकेको छ । ३० वर्षे सेवाहद लागेर उनको अवकाश हुन लागेको हो । थापाकै व्याजी सुदिप गिरी र टेकबहादुर तामाङ पनि अवकाश जाँदा प्रहरीमा ३ जना एआईजी खाली हुनेछन् । उपत्यका अपराध ब्यूरो र प्रतिष्ठानको प्रमुख बन्न आन्तरिक चलखेलसँग डिआईजीहरूबाट ३ जना एआईजीमा छनोट हुँदा डिआईजीदेखि एसएसपी र एसपीहरूको शक्ति केन्द्र धाउने अवस्था आएको हो । आईजीपी थापालाई सरकारले डेढ वर्ष म्याद थप्छ भन्ने हल्ला गर्नेहरूले सरकारको निर्णय र प्रधानमन्त्रीको इच्छा पहिल्याउन सकेनन् । प्रमको चाहना चन्द्रकुवेर खापुङप्रति थियो त्यही भयो । तस्करी धन्दामा लागेकाहरूलाई सरकार जुनसुकै पार्टीको भए पनि पैसा खान्छन् काम गर्छन् भन्ने हुन्छ । हतियार र जलविद्युतको क्षेत्रमा चर्चित माफिया दिपक भट्टले प्रहरीको हतियार खरिदमा चासो राखेका छन् । उनले रु १ अर्ब ५० करोड बजेटमा छुट्याएपछि पुरानो ठेक्का निरन्तर गर्न जोड गरेका थिए । त्यसका लागि दलाल रामचन्द् भट्ट र दिपकले बुढानिलकण्ठको बासलाई निरन्तरता दिएका थिए । यिनैले आईजीपी थापाको म्याद थपिने हल्ला चलाए । तर थापा स्वयं भने अवधि थप्न दौडधूप नगरेको बताउँथे । केहिले भट्टद्वयलाई म्याद थपको गृहकार्य दिएर थापा कर्णालीतिर अनुगमनमा गएको प्रचारसम्म गरेकै हुन् । तर त्यो दिन थापा काठमाडौंमै थिए । गुप्तचर प्रमुख भदौ २७ गते अवकाश हुँदैछन् । त्यहाँ ओम जोशी र टेकेन्द्र काकीका बीचमा प्रतिस्पर्धा छ । खापुङ दुई महिने कार्यकालका आईजीपी हुन् । प्रहरी ऐन संसदले पारित गथ्र्यो तर निजामती कर्मचारीको षड्यन्त्रकारी कुलिङ पिरियडले समय खायो । एमाले कुलिङ पिरियड नराखी निर्वाचन आयोग, अख्तियार, मानवअधिकार आयोग जस्ता महत्वपूर्ण ठाउँमा आफ्नै भक्त राख्न तयार भएर नै राष्ट्रियसभामा संशोधन प्रस्ताव लगेको थियो । सरकार राष्ट्रसेवक शिक्षकहरूमाथि निर्दयी भयो । स्वतन्त्र प्रेसको घाँटी नै निमोठ्ने काम पूर्वबाट शुरु भएको छ । प्रहरीमा राजनीति बढी छ । त्यो काँग्रेस एमालेको भगिनी संगठन भएको छ । त्यही कारण एमाले र काँग्रेसका अपराधी छुट्छन् अरुले अपराध ठूलो नगरे पनि जेल सार्दै घुमाउँदै गरिन्छ । गणतन्त्र काँग्रेस, एमालेको अपराध दबाउन ल्याइए जस्तो भयो । गुप्तचरका हुतराजले आफ्नो वार्षिकोत्सवमा सहिद परिवारको सम्मान गरे, पूर्व डिआईजीलाई लाइफ टाइम एचिभमेन्ट दिलाएर भावी पुस्तालाई बाटो देखाए । एचिभमेन्टको आशा गर्ने धेरै भूपू प्रमुखहरू नै थिए । थापाले ल्याएका दुवै योजना नयाँ हुन् । प्रहरीमा पनि दिपक थापाले थन्क्ेर बसेको बढुवा खुलाएर एकै लटमा ठूलो संख्यामा उथलपुथल बनाए । तर हतियार खरिदको काम सम्पन्न गर्न भ्याएनन् । त्यही समूहले सशस्त्र प्रहरी महापिनदरीक्षक राजु अर्याललाई बजेटको प्रबन्ध बिना हतियार खरिद प्रक्रिया शुरु गर्न दबाव दिएको थियो । तर आईजीपीले मानेन । सशस्त्रमा पनि सीमा सुरक्षाका विषयलाई लिएर यतिखेर नेतृत्वले कडा अभियान चलाएको छ अवस्था छ । आइजीपी अर्याललाई हटाउने हल्ला त्यही समूहले चलायो जो हतियार तस्कर थियो । त्यो हल्लामा एआईजीद्वय वंशी दाहाल र गणेश ठाडा मगरलाई अगाडि सारिएको छ । तर उनीहरू त्यो स्वीकार्दैनन् । प्रहरी आईजीपी थापाको अवधि थप्ने कुरामा चलेको हल्लाप्रति भने सशस्त्र भित्र तरंग दिएको थियो । सुरक्षा समू्रहका सशक्त ३ शक्तिको चलयामानले प्रधानमन्त्री कार्यालयदेखि गृहमन्त्रालय र बुढानिलकण्ठसम्मलाई ओहर दोहोर गर्न मािफयाहरू सक्रिय छन् । प्रधानमन्त्रीले नचाहेसम्म कुनै निर्णय सरकारले गर्दैन । त्यही कारण प्रहरीको हतियारका लागि दिपक भट्ट र रामचन्द्र भट्टले डा. आरजु राणा र उनका भाई भूषण राणालाई प्रयोग गरेका हुन् । प्रहरीमा हिजो डिएसपीले एसपीमा बढुवा हुन रु ३५ लाख घुस बुझाउन नसकेर रोएका दिनहरू पनि थिए । ती दिनलाई नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्दा हटाएका हुन् ।

नेताको लुट्ने औजार बन्यो प्रहरी
प्रहरीको पोशाक बुट, टप बुट जस्ता सामान खरिदमा गृहमन्त्री र काँग्रेसी नेताको चासो बढी हुन्छ । पार्टी नेतृत्वको दबावलाई प्रहरी नेतृत्वले हुन्न भन्न सक्दैन । एमाले काँग्रेसको भगिनी संगठन भएर तीनको अपराध ढाकछोप गर्ने विपक्षी तर्साउने काम आईजीपी जो भए पनि गृहमन्त्री काँग्रेस, एमाले छ भने भएकै छ । प्रहरीको प्रबन्धले खोलेको पोशाक टेण्डरमा यस्तै भयो । छानविनपछि सधैं एकछत्र रजाई गर्ने पूर्व प्रहरी ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र बिसी, श्रवण अग्रवाल दंग परेका छन् । राजनीति भ्रष्टको औजार प्रहरी हो भन्ने उनीहरू बुझ्छन् ।
प्रहरीको ठेक्कामा यो टोलीको सेन्डिकेट छ । आईजीपी दिपक थापाले पनि त्यसको आशय बुझेर नै ठेक्कामा गढबढी भएको स्वीकार्नैप¥यो । जय शालिना इन्टर प्राइजेज कोहीनुर टेक्सटायल ज्ञानेन्द्र बस्नेतका हुन् । कोनोबेल विजनेश ट्रेडर्स श्रवणको हो । यिनकै एकछत्र राज त्यहाँ छ । प्रबन्ध शाखाबाट अवकाश ज्ञानेन्द्रलाई गुणस्तरीय सामान देखाएर कम गुणस्तरको सामान भिडाउने राम्रै कला थाहा छ । बुढानिलकण्ठ र बालकोटदेखि गृहमन्त्रीसम्म ठेकेदारले चित्त बुझाएपछि प्रहरी नेतृत्व सागझैं गल्ने नै भयो । किनकि प्रहरी भनेको काँग्रेस र एमालेको भिगनी संगठन तरुण दल र युवा संघ जस्तै हो । त्यो सत्यलाई लुकाउन हुन्न । राजनीतिक भ्रष्टहरूको औजार प्रहरीले काँग्रेस, एमाले गठबन्धन सत्ताको सेवक बनेर गरेका छानविन सिआईबी र साइबर ब्यूरोको गतिविधि हुन् । जुन गतिविधिले संगठननै बदनाम भएको छ ।