Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयर बजारमा १३ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा १२.९५ अङ्कको गिरावट आई २६५२.५८ विन्दुमा पुगेको छ।
बजारमा ४ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जसमा १ करोड २३ लाख ७३ हजार ८४१ कित्ता सेयर किनबेच भएको छ।
कुल २११ कम्पनीको सेयर मूल्य घट्दा ५६ वटा कम्पनीको मूल्य बढेको छ भने १२ वटाको स्थिर रहेको छ।
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ। बजार परिसूचक १२.९५ अङ्क घटेर २६५२.५८ विन्दुमा पुगेर रोकिएको छ।

परिसूचक घटेसँगै बजारमा ४ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। दिनभर कुल ३४९ वटा कम्पनी तथा धितोपत्रको ४४ हजार ४१२ पटकको खरिदबिक्रीमा १ करोड २३ लाख ७३ हजार ८४१ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार ६२३ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबारमा आएकामध्ये अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। कुल २११ कम्पनीको मूल्य ओरालो लाग्दा जम्मा ५६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

आज कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको १८ करोड १९ लाख २९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो। यस्तै नेपाल पुनर्बीमा कम्पनी १४ करोड ७५ लाख ५५ हजार रुपैयाँ, घलेम्दी हाइड्रो १४ करोड ३ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ
घट्दो बजारका बिच पनि केही कम्पनीका सेयरधनीले सामान्य नाफा कमाएका छन्। सबैभन्दा धेरै बढ्ने कुमारी सबल योजनाको मूल्य २।९६ प्रतिशतले बढेको छ । आज सर्वाधिक गिरावट कुमारी बैंकको डिबेञ्चरको भएको छ ।

समूहगत रूपमा हेर्दा आज माइक्रोफाइनान्स बाहेक अरू सबै समूह घटेका छन्। भएका सबै समूहको घटबढ एक प्रतिशत भन्दा कम रहेको छ ।