Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हत्यार सहित यादव समातिए

जनकपूर । धनुषाबाट प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेशमान चार नाथ नगरपालिका–९ घर भएका ३२ वर्षीय प्रमोदकुमार यादव हुन्। इलाका प्रहरी कार्यालय सवैला र प्रहरी चौकी बरमाझियाबाट खटिएको टोलीले उनको घरबाट एउटा पेस्तोल बरामद गरेको हो । उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।