Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अदालतले फालेका बादल फेरि मन्त्री बन्दै, को को जाँदैछन् झण्डा हल्लाउन

काठमाडौं । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली फेरि मन्त्रिमण्डल विस्तारको तयारीमा लागेका छन् । गुनका आधारमा क–कसलाई मन्त्री बनाउने भन्ने योजनामा प्रधानमन्त्री ओली रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संघर्षको निर्णायक लडाईंमा साथ दिनेहरुलाई मन्त्रिमण्डलमा सहभागी गराउने भएका छन् । उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई उपप्रधानमन्त्रीसहित कम्तिमा ७ मन्त्रालयको जिम्मेवारी दिने भएका छन् । स्रोतका अनुसार ठाकुर समूहबाट राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव र चन्दा चौधरी मन्त्री बन्ने निश्चितप्रायः छ । विमल प्रसाद श्रीवास्तव, उमाशंकर अगरिया, लक्ष्मणलाल कर्ण, प्रमोद साह, र चन्द्रकान्त चौधरी पति दौडमा छन् । ओलीलाई ७ जेठमा बहुमतको प्रधानमन्त्री बनाउन समर्थनसहित हस्ताक्षर गरेर महन्थ ठाकुर र राजेन्द्र महतोले ठूलो गुन लगाएका थिए । गुन तिर्न उनले जसपालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् । ओलीले रामबहादुर थापा बादललाई बढुवा गरेर सरकारमा लाने भएका छन् । उनले बादललाई उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मा दिने बुझिएको छ । ओलीलाई कठिन घडीमा साथ दिने पूर्वमाओवादी मन्त्रीमध्ये लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको पनि सम्भावना बलियो छ । सरकारमा महेश बस्नेत, गोकुल बाँस्कोटा र कर्ण थापाले पनि अवसर पाउने सम्भावना बलियो छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल