Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बलिउडका चर्चित अभिनेता ऋषि कपुर अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको छ । ६७ वर्षीय ऋषि कपुरलाई बुधबार अस्पताल भर्ना गरिएको उनका भाइ रणधीर कपुरले जानकारी दिएका छन् ।
रणधीरले समाचार एजेन्सी पीटीआईलाई दिएको कारीअनुसार ऋषि कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या छ । अहिले उनको स्वास्थ्य स्थीर रहेको रणधीरले जानकारी दिएका छन् । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।
उनी फेरि अस्पताल भर्ना भएको खबर सार्वजनिक भएपछि सामाजिक सन्जाल प्रयोगकर्ताले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । सामाजिक सन्जालमा निकै सक्रिय हुने ऋषि कपुरले अप्रिल महिनायता ट्वीटरमा केही पनि पोष्ट गरेका छैनन् । आफ्नो एक पोष्टमा उनले दीपिका पादुकोणसँग फिल्म खेल्ने उल्लेख गरेका थिए ।
२०८१ मंसिर ४
ताजा नेपाल
२०८१ मंसिर २
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल