Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज नेकपाले ओलीलाई कारबाही गर्ने

काठमाडौँ । संविधानमै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समुहको स्थायी कमिटी बैठकले केपी ओलीलाई कारबाही गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई सोधिएको प्रष्टिकरणको जवाफ नआएपछि कारबाहीको तयारी भएको एक नेताले जानकारी दिए । भन्दै दाहाल नेपाल समूहले तीन दिनको समयसीमा तोकेर ओलीलाई प्रष्टिकरण सोधेको थियो । तर त्यसको जवाफ नआएपछि पार्टीबाटै निष्कासनको तयारी भएको स्रोतले जनाएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले भने आजको बैठकले संसद् विघटनविरुद्धको आन्दोलन, समसामयिक राजनीतिक विषय लगायतमा छलफल हुने जनाए । बैठकले अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।
नेकपाले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो । बैठकमा त्यसको समीक्षा हुने र थप आन्दोलनका कार्यक्रम तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । शनिबार राति प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत ओलीको असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध छिट्टै अर्को चरणको स‌ंघर्षको कार्यक्रम घोषणा गर्ने जानकारी दिएका थिए । उनले केपी ओलीसँगको शुरुदेखिको मुख्य मतभेद विधि र पद्धतिको पालनामा रहेको बताउँदै पार्टी निर्माण र परिचालनमा प्रारम्भदेखि नै पद्धतिसम्मत ढङ्गले अघि बढ्न ध्यान दिनुपर्ने जनाएका छन् ।