Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्ना आफ्नै एजेण्डामा पत्रकार भिड्दै

काठमाण्डौ । नेपाल पत्रकार महासंघको २६ औ महादिबेशनबाट नेतृत्वमा पुग्न शनिबार दुई समूहले उमेद्वारी दर्ता गरेका छन् । सरकारी पक्षको प्रेस चौतारीले बाम गठबन्धन गर्न नरुचाएपछि प्रेस संगठन र प्रेस युनियनको गठबन्धनमा १२ समूह एक ठाँउमा उभिएका छन् भने प्रेस चौतारीले राप्रपा, मधेवादी, जनपत्रकार संघलाई गठबन्धनमा मिलाएको छ । कार्यगत एकता भएपछि पनि विद्रोही खडा हुने प्रेस युनियनको चरित्र यस पटक पनि देखियो । युनियनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष महिला उपाध्यक्ष पाएपछि प्रेस नेपालले पाएको महासचिव र लेखा आयोगमा बाघी उमेद्वार बनाएर रमिता देखाएको छ । यो समूहबाट अध्यक्ष बिपूल पोख्रेल, उपाध्यक्ष रमेश विस्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समाबेशीमा उदय जीयम, महासचिवमा रोसन पूरी, लेखा समिति संयोजकमा लेखनाथ न्यौपानेलाई अगाडि सारेको छ । सत्ताको अंहकारले सरकारवादी मात्तिदा बामपन्थी शक्ति छिन्नभिन्न भएका पेशागत मार्चाहरु धेरै छन् ।

पार्टी सत्तामा रहँदा पेशागत मोर्चाहरुलाई बलियो बनाउनु सट्टा गुटको दलाली गर्ने समूहमा रुपान्तरण गर्दै नेकपा एमाले ओली पक्षको अहंकार बारम्बार बढिरहेको छ । त्यो अहंकार नदेखाएको भए प्रेस नेपाल र माधव पक्षको चौतारी बामगठबन्धनमा एकजुट हुने थियो । देशैभरि प्रेस नेपाल प्यानलको टीम बलियो छ । एसोसिएट र प्रतिस्ठानमा पनि सत्ता पक्षलाई सहज छैन किनकी सरकारले प्रेस माथि नियन्त्रण गर्न ल्याएको सुचना सम्बन्धी ऐनले नै प्रेसप्रतिको चरित्र झल्काउछ । त्यसै गरि खुला सचिव गोविन्द चौलागाइ, माहिला सिर्जना अर्याल, आदिबासी नारायण किलम्बू, मधेसी दिपेन्द्र चौवान, दलित हेम कर्ण बिक, कोशा अध्यक्ष कलेन्द्र सेजुवाललाई छानेको छ । त्यसैगरि उपत्याका सदस्यमा शान्ता राम विडारी र ज्ञान प्रसाद पौडेललाई खटाएको छ । उता सत्ता पक्षले निर्मला शर्मा अध्यक्ष वरिष्ठ उपाध्यक्ष माधव नेपाल, महिला उपाध्क्ष दाना केशी, समावेशी अवदेश कुमार झा, महा सचिव बालकृष्ण बस्नेत, सचिव खुला राम कृष्ण ज्ञवाली, महिला निवा काफ्ले, आदिवासी शाही मान राई, मधेसी स्वेता सिन्हा, दलितमा मधु साही, एसोसेट रामेश्वर कार्की, कोशान्धक्ष कृष्ण गिरी, लेखा समितिमा द्वारीका काफ्लेलाई खटाएको छ । संसद विघटनको मुद्दाको समर्थन र विरोधी पक्ष बिचको यो लडाइले सरकार र प्रतिपक्षको हैसियत पनि देखिने भएको कारण यस पटकको निर्वाचन प्रति धेरैको चासो बढेको छ ।

सरकार पक्षको प्रेस चौतारीले प्रेस संगठन र पे्रस चौतारीको अर्को पक्षलाई खेदेर राप्रपा र मधेसी सित मिल्न पुगेपछि बामपन्थी गठबन्धन भत्किएको हो । सरकार पक्षलाई नेकपा चन्द, राप्रपा मधेसीप्रतिको मोह जागेपछि प्रेस नेपालले प्रेस युनियनलाई साथ लिएर साना बाम समूहहरुको समेत गठबन्धन गरि निर्वाचनमा होमिएको हो । भिड्नका लागि स्वतन्त्र रुपमा आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीले अध्यक्ष पदमा उमेद्वारी दिएका छन् भने धव्रा लम्साल खुल्ला उपाध्यक्ष सितल महत्तो समावेशी उपध्यक्ष, प्रकाश थापा कोषाध्यक्षमा भिडेका छन् । चैत २५ गते केन्द्र प्रदेश र जिल्लाको निर्वाचन हुने छ ।