Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेका ठुला भनौदालाइ छैन समानुपातिक टिकट

३ असोज, काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाउन तयार पारेको प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारहरुको बन्दसूचीमा कोही पनि पदाधिकारी परेका छैनन् ।

एमालेले बनाएको उम्मेदवार छनोट मापदण्डका कारण पदाधिकारीबाट कोही पनि समानुपातिकतर्फ बस्न नपाएका हुन् । निर्वाचन आयोगमा पेश गर्न तयार बन्दसूचीमा अहिलेसम्म कोही पनि पदाधिकारीको नाम छैन उच्च स्रोतले भन्यो ।

समानुपातिकतर्फको नाम तय गर्न आइतबार सचिवालय बैठक बसेको थियो । बैठकले अन्तिम सूची तयार पार्ने अधिकार भने अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । तर सूची तयार पार्दा पार्टी बैठकबाट तय भएको मापदण्ड मिच्न नहुनेमा विमति नभएको र एकमतले निर्णय भएको एक पदाधिकारी बताउँछन् । मापदण्ड कडाइका साथ कार्यान्वयन गर्नुपर्छ भन्ने नै निष्कर्ष हो एक पदाधिकारी भन्छन् ।

एमालेले तयार पारेको मापदण्डकै कारण चार जना पदाधिकारीको सांसद बन्ने बाटो नै बन्द हुनेछ । उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र उपमहासचिव विष्णु रिमालले समानुपातिक उम्मेदवार बन्न नपाउने भएका हुन् । ज्ञवाली, शाक्य र रिमाल यसअघि नै एमालेको समानुपातिकतर्फ बसिसकेका छन् । त्यसैले दोहोरिन नपाएका हुन् ।

रामबहादुर थापाले भने गएको वर्ष राष्ट्रियसभा सदस्यमा उम्मेदवार भएकाले एमालेको मापदण्ड अनुसार, उनी समानुपातिकतर्फ बस्न नपाउने भएका हुन् । यदि यस्तो अवस्था आएमा भने एमालेतिर लागेकै कारण थापाले राजनीतिक नोक्सानी बेहोरेको अर्को घटना हुनेछ


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल