Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिनुभएको छ ।
बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले ओलीलाई शुभकामना दिनुभएको हो । झापा ५ मा कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै अध्यक्ष ओलीले ५२ हजार ३१९ मत ल्याउनुभएको थियो । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गर्नुभयो ।
एमाले अध्यक्ष ओलीलाई शुभकामना दिनुभएका अध्यक्ष थापाले आफूले विश्वास जोगाउन नसकेकोमा भने दुःख मनाउ गर्नुभएको छ । एमालेको समर्थनमा एमालेकै चुनाव चिह्न सूर्य लिएर मकवानपुर क्षेत्र १ बाट प्रतिस्पर्धामा रहनुभएका थापाले ओलीको विश्वास जोगाउन नसकेको दुःखी रहेको बताउनुभएको हो ।
मकवानपुर १ मा राप्रपाका दीपकबहादुर सिंहको अग्रता छ भने कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले सिंहलाई पछ्याइरहँदा थापा तेस्रो स्थानमा देखिनुभएको छ ।
आफू पराजित हुने भएपछि थापाले एमाले अध्यक्ष ओलीसँग विश्वास जोगाउन नसकेकोमा दुःखी भएको बताउनुभएको हो ।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल