Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । कम्युनिष्ट पार्टीको आन्तरिक लोकतन्त्रको हत्या गर्दै झुटा आश्वासन बाँडेर आफू आफ्नो स्वार्थ पूरा भएपछि धोका दिने केपि ओली प्रवृत्तिले जनयुद्धलाई आत्तंककारी भन्दा स्वीकार्न पुगेका गृहमन्त्री पदका लागि आफ्नै विगत विर्सेका रामबहादुर थापालाई धोका दिएका छन् । ओलीलाई सञ्जन इमान्दार भन्दा चाकडीवाज र भ्रष्टचारीहरु चाहिएको हो । मण्डले चरित्रका धमिराहरुले नेकपामा ओलीलाई साथ दिएका छन् । पार्टी विभाजनमा आफू पछिको सह अध्यक्ष पदको लालीपप दिएका ओलीले रामबहादुरलाई चौथो बरियता दिने आन्तरिक बहस चलाएपछि बल्ल धोका महशुस गरेका छन् ।
रामबहादुर थापासँग भएका ३३ जना केन्द«ीय सदस्यहरु उनलाई साथ नदिनुको कारण नै प्रतिगमनको साथ नदिने शक्ति बढ्नु हो । बादलको प्रशासकीय क्षमता पनि छैन । माफीयाको जालोमा चलेका प्रधानमन्त्री ओलीका साथमा कस्ता भ्रष्ट, नालायक र परिवारवादका ठेकदार छन् कार्यकर्ताले बुझेको छ । तर सुद्द कमाई गर्ने तस्कर अपराधी पार्टीमा भित्र्याउने इश्वर पोख्रेल ५४ साल सम्मका सुकुम्बासी ललिता निवास काण्डका नायक विष्णु पौडेल लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल काठमाण्डौका फ्याउरा कृष्ण गोपाल श्रेष्ठको पछाडि कति कार्यकर्ता हुने हुन् ? रामबहादुर थापाले आफ्नो सल्लाकार सूर्य सुवेदीलाई साथ लिन सकेनन् नत उनको तर्फबाट संघ र प्रदेशमा सांसद भएकाहरुलाई जोगाउन सके । थापा जस्तो लठैत गृहमन्त्री ओलीपछि लाग्नुकै कारण थियो कन्चनपूरमा निर्मला पन्थ बलात्कार पछिको हत्याको अपराधबाट बच्ने उपाय । अहिले अपराधीहरुको जोडी मिलेको मात्र हो । पार्टीको पद भागबण्डा गर्दा इश्वर पोख्रेल जस्ता व्वाँसाहरुले ठाउँ पाउछन् बादल हिस्स !
प्रमओली पछि सरकारी स्वामित्वमा बादल इश्वर पोख्रेल भन्दा पछि छन् । इश्वर नेकपाको एकता विरोधी हुन । पोख्रेलले चुनावमा भोट लिन माओवादीको साथ खोजे । चुनाव जितेपछि माओेवादी विरुद्ध लागे । प्रचण्डको त्याग र योगदानसँग एमालेका कुनै नेताको तुलना हुन सक्दैन । एमाले देशको सूचना बेचेर डलर कमाउने शुशिल प्याकुरेल अग्नी खरेल सुभाष नेवाङ्ग जस्ता माफीयाहरुको पार्टी हो । माओवादीमा त्यस्तो निर्घृण चरित्र आइसकेको थिएन । पार्टी विभाजन गरेका ओलीले संगठनको नयाँ संरचना बनाउदा माओवादीमाथी लात हानेका गृहमन्त्री रामबहादूर थापालाई लत्याएको अवस्थामा कठ्ठै भन्ने धेरै छन् । महेश बस्नेतको मनपरी चल्ने युवासंघमा बादल पक्षका ३५ जना केन्दीत सदस्यहरुलाई युवा संगको बैठक थाहासम्म दिइएन ।
ओलीले माधवनेपाल झलनथ खनाल वामदेव गौतमलाई दिएको धोका रामबहादुर थापामा सरेको छ । बामदेव जस्तो लम्फू पदको भोक र सत्ताको स्वार्थ हेर्ने नेताले ओली जस्ता कपटी र घातीको कुरा कसरी विस्वास गरेका होलान ? ओलीको मुख नै कानून व्यवहार नै संविधान भएको बेला ज्यू हजुरी नगर्नेले ठाउँ पाउन मुश्कील छ । राजनीति गर्नेले केपि ओलीको अहंकारको गणना गर्न सकिरहेका छैनन् । लम्फू गृहमन्त्री रामबहादूर थापासँग सत्तामा टासीएका टोपबहादुर रायमाझी, मणी थापा, लेखराज भट्टको पार्टी पदीय हालत अब देखिनेछ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल