Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीले सक्दा फेरि संविधान मास्न सक्छन् : सिंह

काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा संविधानको कार्यान्वयनको पक्षधर शक्तिहरुले विजयी हासिल गर्नुपर्ने बताएका छन् । उनले विगतमा मौका पाउँदा संविधान र संसदमाथि आक्रमण गर्ने केपी ओलीले मौका पाए फेरि संविधान मास्ने प्रयास नगर्लान् भन्ने आधार नरहेको बताए ।
गणेशमान सिंहको २५ औँ स्मृति दिवसको सन्दर्भमा आइतबार गणेशमान सिंह फाउन्डेसनले गरेको कार्यक्रममा नेता सिंहले आगामी मंसिर ४ गतेको निर्वाचनबाट प्राप्त हुने जनमतले मुलुकलाई कतातिर लैजाने भनेर निर्णय गर्ने बताए ।

उनले नेपाली कांग्रेस र कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले मात्रै मुलुकको विद्यमान व्यवस्था र संविधानको रक्षा गर्दै कार्यान्वयनको ग्यारेन्टी गर्न सक्ने दाबी गरे ।

यो मुलुकलाई जब जब संकट आइपर्छ ती संकटहरुको समाधान कांग्रेसकै नेतृत्वमा हुँदै आएका छन् । अहिलेको संकटलाई पनि कांग्रेसले मात्रै सम्बोधन गर्न सक्छ,उनले भने कांग्रेससँग संघीयतालाई बलियो बनाएर शिक्षा स्वास्थ्य र रोजगारीको विषयमा जनतालाई अनुभूत हुने गरी काम गर्ने योजना छ नेतृत्व छ ।
नेता सिंहले सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे छलफल चलिरहेको भन्दै गठबन्धनमा रहेका सबै दलको चित्त बुझाएरै सिटको बाँडफाँट हुने बताए ।
उनले नेपालमा प्रजातन्त्र स्थापनाका सन्दर्भमा गणेशमान सिंहले पुर्‍याएको योगदानको चर्चा गर्दै गणेशमानले देखाएको बाटोमा देश अघि बढे लोकतन्त्र थप बलियो हुने बताए


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल