Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा एकीकृत समाजवादीलाई सुदूरपश्चिमा ठूलो झट्का लाग्ने भएको छ । माधव कुमार नेपाल नेतृत्वको नेकपा एस सुदूरपश्चिम प्रदेशका प्रदेश अध्यक्षसहितका नेताहरु नेकपा एमालेमा फर्किने भएपछि झट्का लाग्ने भएको हो ।
एमाले पोलिटब्युरो सदस्य निरुदेवी पालका अनुसार समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाही, प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, प्रदेश सभा सदस्य तारालामा तामाङ, नेता बीरबहादुर बुढाथोकी, बेदकोट नगरपालिकाका निर्वतमान मेयर अशोक चन्द, नेता रामचन्द्र रेग्मीलगायत नेताहरु एमालेमा पार्टी प्रवेशको तयारी गरिरहेका छन् ।
पालले भन्नुभयो , उहाँहरु सबै एमालेमै हुनुहुन्थ्यो । बीचमा अर्को पार्टीमा लाग्नुभयो । फेरि पुरानै घर फर्किंदै हुनुहुन्छ । यसले पार्टीलाई बलियो बनाउँछ ।
पालका अनुसार कञ्चनपुरमा समाजवादीमा लागेका ८० प्रतिशत नेता कार्यकर्ताहरु एमालेमा फर्किन लागेका दाबी गर्नुभएको छ ।उहाँले केही पूर्व माओवादी सासंदरसभासद् एमालेमा प्रवेश गर्ने सम्भावना छ ।
प्रवेश गर्नेमध्ये तारालामा तामाङ बलियो जनआधार भएका नेता हुनुका साथै प्रदेश सरकारका अर्थमन्त्रीसमेत भइसकेका व्यक्ति हुन् । तारालामा एमालेमा फर्किंदा त्यसको असर सत्ता गठबन्धनलाई समेत पर्नेछ । त्यस्तै विक्रम शाही एमाले कञ्चनपुरका पूर्व जिल्ला इञ्जार्ज समेत हुन् ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल