Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली सरकारमा जाने मन्त्री छान्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पटक पटक भेटवार्ता जारी छ । दैनिक जसो अहिले भेटघाट हुने गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारमा सहभागी हुनेबारे छलफल भएको हो । पछिल्लो समय जसपाको ठाकुर पक्ष सरकारमा जाने अन्तिम तयारीमा जुटेको छ । यसको लागि को को सरकारमा जाने भनेर नाम टुँगो लगाउने काम भैरहेको छ। सुरुमा राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने तयारी यो पक्षले गरेको थियो । तर, महतोले गृहमन्त्रालय मागेको र ओलीले महतोलाई गृह नदिने अडान लिएपछि ठाकुरले अनिल झा वा शरदसिंह भण्डारीमध्ये एकलाई जसपाबाट सरकारको नेतृत्व गरेर पठाउन लागेका छन् । प्रधानमन्त्री ओलीले आफ्ना माग सम्बोधन गरेको भन्दै जसपाको ठाकुर पक्षले मधेशमा खुशियाली नै मनाएको छ । जसपाबाट सरकारमा जानको लागि थुप्रै नेता आकांक्षी छन् । झा र भण्डारीको अलावा राजकिशोर यादव, विमलप्रसाद श्रीवास्तव, चन्दा चौधरीलगायतको नाम चर्चामा छ । तर, जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले भने ओली सरकारमा सहभागी भए पार्टीबाट निश्काषित गरिने चेतावनी दिएका छन् । उनले हालै पार्टीको कार्यकारिणी समितिको बैठक राखेर यस्तो निर्णय गराएका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल