Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेस महाधिवेशनमा पनि देउवालाई मिल्यो ओलीको साथ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको मोहझालमा काँग्रेस सभापति शेरबहादुर देउवा फसेका थिएनन् भने अहिलेसम्म सत्ता परिवर्तन भइसकेको हुने थियो । तर ओलीको मोहजालमा देउवा फसेकै कारण अल्पमतमा रहेका ओली बहुमतको सरका चलाइरहेका छन् नेपाली काँग्रेसको १४ औं महाधिवेशन फेरि सर्ने भएको छ । क्रियाशील सदस्यता वितरणमै अल्झिएर महाधिवेशनसम्बन्धी कार्यतालिका सर्दै गएपछि महाधिवेशन सर्ने निश्चितप्रायः भएको हो । महाधिवेशन सार्ने पक्षमा काँग्रेस सभापति शेरबहादुर देउवा आफै देखिएका छन् । उनले त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ खोजेका छन् । काँग्रेस महाधिवेशन अबको केही महिनामा नगरे ऐन अनुसार काँग्रेस पार्टी नै खारेज हुन्छ । महाधिवेशन सार्दा पनि फरक नपर्ने गरी सरकारबाट अध्यादेश आओस् भन्ने चाहना देउवाको देखिन्छ । यसका लागि उनले प्रधानमन्त्री ओलीको साथ खोजेका हुन् । ओली पनि अध्यादेश ल्याएर काँग्रेस महाधिवेशन सार्न मिल्ने कानुनी व्यवस्था गरिदिनेबारे सकारात्मक भएको बुझिएको छ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पार्टीभित्र दबाब बढेपनि देउवा अगाडि बढ्न चाहिरहेका छैनन् । यसकारण पनि ओली देउवासँग सकारात्मक भएका हुन् । कोरोना भाइरसको महामारीलाई दृष्टिगत गरी राजनीतिक दलसम्बन्धी ऐनमा संशोधनका लागि अध्यादेश ल्याउने बहाना पनि बनेको छ । यसैगरी, आज बस्ने तय भएको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । बैठक १५ वैशाखको दिउँसो २ बजे बस्ने गरी स्थगित भएको काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल