Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस–एमाले सरकार गठबन्धन सम्भव होला त ?

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्ने दौडलाई तिव्रता दिँदा वर्तमान गठबन्धन रहन्छ अथवा रहँदैन भन्ने प्रश्न उठेको छ ।
प्रचण्डलाई आफ्ना मातहतका नेताहरूले एमालेसँग गठबन्धन गरेर अघि बढ्न सुझाव दिइरहँदा कांग्रेसले पनि एमालेसँग गठबन्धन गर्छ वा गर्दैन भन्ने राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।

सात पटक प्रधानमन्त्री बन्ने सपना बोकेका कांग्रेस सभापति देउवा र नयाँ पुस्ताबाट प्रधानमन्त्री बन्नुपर्छ भनिरहेका गगन थापालगायतको द्वन्द्वमा रहेको कांग्रेसले तेस्रो बनेको दल माओवादीलाई सत्ताको वागडोर सुम्पन तयार देखिँदैन ।

त्यसैले एमालेका दोस्रो तहका नेताहरूको आश्वासनका आधारमा प्रचण्ड एमालेसँगै सत्ता साझेदारीको मनस्थितिमा देखिएका हुन् ।

त्यही कुराको अभिव्यक्ति महराबाट सार्वजनिक भए पनि माओवादी केन्द्रले आफूमाथि आउने असुरक्षाको बचाऊका लागि त्यो भनाई सच्याएको स्रोतको दाबी छ ।
प्रचण्डले विकल्प खोजेमा एमालेसँग गठबन्धन गरेर कांग्रेस अघि बढ्ने सम्भावनालाई लिएर चर्चा सुरु भएको छ ।
तर, कांग्रेस नेता रामचन्द्र पौडेल अहिले एमालेसँग सहकार्यको विकल्पको विषयमा कांग्रेसले कुनै पहलकदमी अघि नबढाएको बताउँछन् । उनी प्रधानमन्त्री जुन् दलको बने पनि आजको दिनसम्म नयाँ समीकरणको सम्भावना नरहेको बताउँछन् ।

जोसुकै प्रधानमन्त्री बन्ला । तर यही गठबन्धन अघि बढ्छ । अहिले हामी दोस्रो विकल्पमा पुगिसकेका छैनौँ । एमालेसँग सरकारका विषयमा छलफल भएको छैन, पौडेलले भने, गठबन्धन संविधान रक्षा र कार्यान्वयनका लागि बनेको थियो । त्यो उद्देश्य नै पूरा भइसकेको छैन । त्यसकारण यो गठबन्धनको विकल्प अहिले छैन ।
सत्ता समीकरणकै विषयलाई लिएर चुनावी परिणाम आउन थालेसँगै कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच पटक–पटक भेट तथा संवाद भएको छ ।
यस्तै नेकपा एस अध्यक्ष माधव नेपालसहितको द्विपक्षीय र त्रिपक्षीय संवाद पनि भएको छ ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महत गठबन्धनभित्र विश्वास र छलफलको वातावरण सकारात्मक भइरहेको समयमा एमालेसँग सत्ता साझेदारीको विषयमा छलफल गर्नुपर्ने अहिले अवाश्यक्ता नै नभएको बताउँछन् ।
गठबन्धनभित्रै कुरा सकारात्मक ढंगले अघि बढिरहेको छ । हामीले सरकार बनाउने विषयमा एमालेसँग छलफल गरेका छैनौँ र त्यो विकल्पसम्म पुग्नेगरी सोच बनाएको पनि छैन, महतले हामिसंग भने, त्यसकारण अहिले यो विषयमा हामी बोल्दा हतारो हुन्छ । यो विकल्पमा हामी अघि बढिसकेको छैनौँ ।

यसबीचमा एमाले–कांग्रेस औपचारिक छलफल भएको विषय बाहिरिएको छैन ।

तर, अनौपचारिक केही छलफल भएको विषयलाई नेतृत्त्वले अस्वीकार गर्न सकेको छैन । चुनाव जित्नेबित्तिकै एमाले अध्यक्ष केपी ओली र नेता प्रकाशमान सिंहबीच संवाद भएको थियो । तर, त्यो संवादलाई शुभकामना आदानप्रदान मात्र भएको सिंहको सचिवालयले जनाएको छ ।

नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवाली देशमा राजनीतिक संकटको परिस्थिति आएमात्र कांग्रेस–एमाले सरकार बन्न सक्ने बताउँछन् ।

अहिले राजनीतिक जटिलता नभएको र संसद्लाई दह्रो प्रतिपक्षी चाहिने भएकाले एमाले कांग्रेससँग मिलेर सरकारमा नजाने उनको तर्क छ ।

कांग्रेस राप्रपालगायतका दलसँग देशमा ठूलै राजनीतिक समस्या आइपरेमात्र एकताबद्ध भएर एमाले जान्छ । नभए एमाले र कांग्रेसमध्ये एक प्रतिपक्षमै बस्ने हो, ज्ञवालीले हामिलाइ भने, यी दुई दल एकसाथ सरकारमा जाने सम्भावना अहिलेको राजनीतिक परिस्थितिमा एकदमै न्यून छ । र, जानु पनि हुँदैन ।

एमालेका अर्का उपाध्यक्ष विष्णु पौडेल पनि आफूहरू सरकारमा तत्कालै जाने अवस्था नरहेको बताउँछन्
सरकार गठनको विषमया एमाले के गर्दै छ भन्ने प्रश्नमा उनले राजनीतिक परिस्थिति मात्र नियालिरहेको उनले बताए ।
एमालेले अहिले तमाम राजनीतिक परिस्थिति हेर्ने र नजिकबाट विश्लेषण गर्ने कार्य गरिरहेको छ । एमालेले केही गर्दैन अहिले हेरिरहेको छ हेरिरहने छ, उनले भने


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल