Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारहरूले भड्किलो तथा तडकभडकपूर्ण प्रचारप्रसार गर्न नपाउने भएका छन् । केन्द्रीय निर्वाचन समितिले विपद्पछिको राष्ट्रिय संवेदनशीलतालाई ध्यानमा राख्दै थप कडा आचारसंहिता लागू गरेको हो ।
आचारसंहिताअनुसार महाधिवेशन स्थल तथा आसपासमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायत कुनै पनि भौतिक प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न रोक लगाइएको छ । सार्वजनिक सडक तथा महाधिवेशन स्थलको बाहिरी क्षेत्रमा समेत भौतिक प्रचार गर्न पाइने छैन ।
उम्मेदवारहरूले आफ्ना एजेन्डा र उम्मेदवारीसम्बन्धी विवरण सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट मात्र प्रचार गर्न पाउनेछन् । आचारसंहिता उल्लङ्घन भए नियमानुसार कारबाही हुने निर्वाचन समितिले जनाएको छ ।
२०८३ आश्विन १७
ताजा नेपाल
२०८३ आश्विन १७
ताजा नेपाल
२०८३ आश्विन १७
ताजा नेपाल