Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन ? कास्की पुगे चुनाव लड्न गगन थापा

कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदको निर्वाचन लड्न कांग्रेस महामन्त्री गगन थापाको नाममा आवेदन परेको छ । कांग्रेस कास्कीका सचिव भानुभक्त ढकालले गगनको नाममा निवेदन दर्ता गराएका हुन् ।
कांग्रेसको विधान २०१७ ९संशोधनसहित० को परिच्छेद ८ को दफा ३० को उपदफा १ बमोजिम ढकालमार्फत थापाको नाममा आवेदन परेको हो ।
थापाले बुधबार नै काठमाडौं–४ बाट पनि निर्वाचन लड्न आवेदन दिँदैछन् । थापा यसअघि काठमाडौं निर्वाचन क्षेत्रनम्बर ४ बाट चुनाव लड्दै आएका छन् । थापालाई यो पटक कास्कीबाट उम्मेद्वार बन्न कास्कीका काँग्रेस नेताहरुले आग्रह गर्दै आएका छन् भने सोही अनुसार ढकालमार्फत आवेदन परेको बताइएको छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल