Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन खनिए एमालेकै पूर्व सहकर्मीतिर प्रधानमन्त्री ओली

काठमाडौं। नेकपाभित्र अहिलेको लडाइँ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको हो । तर मैदानमा देखिएका छन् अध्यक्ष पुष्पकमल दाहाल । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पहिलो पटक प्रधानमन्त्री हुँदा सरकार ढाल्नको लागि पुष्पकमल दाहाललाई उकास्ने काम आफ्नै पार्टीका नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल र वामदेव गौतमले गरेको खुलासा गरेका छन् ।

बिहीबार प्रज्ञाभवनमा जिफन्टद्वारा आयोजित राष्ट्रिय भेलालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, प्रतिनिधिसभामा उहाँहरुले अहिले स्थायित्वको कुरा गर्दै हुनुहुन्छ, आफ्नो लगभग लगभग दुई तिहाईको सरकार, त्यो नढालि नहुने, नतोडि नहुने, अघिल्लापल्ट मेरो नेतृत्वको सरकार ढाल्ने मान्छेहरु को को हुन ? तपाई हामी सबैलाई थाहा छैन र ? पुष्पकमल दाहाल, उनी त अर्कै पार्टीमा थिए, तर पनि उनी हुन एकजना, तीनलाई उकासेर नढाली हुँदैन् भनेर भन्ने मान्छे माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम उहाँहरु नै हो ।

उहाँहरुले प्रचण्डलाई ढाल्नैपर्छ यो सरकार भनेर उकासेको हो । यीनै मान्छे हुन् । फेरि अर्कोपल्ट चुनावबाट हामी आयौं । फेरि पनि काम गर्न दिएनन् । तपाईहरुले अहिले मैले नाम लिएका मान्छेहरुले सरकारको पक्षमा बोलेको कहीँ सुन्नुभयो ? कहिल्यै बोल्नुभएन् ।