Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

को सँग सत्तामा जाने भनेर काँग्रेसले छलफल गर्दै

काठमाडौं । अहिले काँग्रेसको दुवै हातमा लड्डु छ । रोजी छाडी को सँग सत्तामा जाने भन्ने अवसर प्रधानमन्त्ती केपी ओलीको सनकले सिर्जना गरेको छ । प्रतिनिधिसभा पुनःस्थापनापछिको रणनीति बनाउन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजे पदाधिकारी बैठक बस्ने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेपछि भावी सत्ता समीकरणको कसरत सुरु भएको छ ।

सिंगो नेकपासँग सभामुखसहित रहेका १ सय ७३ सांसद थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय लिएपछि नेकपाका सांसद ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएका छन् । दुवै समूहले संसदीय दलमा आफूसँग बहुमत भएको दाबी गरिएका छन् । नेकपाको यही अंक गणित कायम रहे सरकार बनाउन ओली र प्रचण्ड–नेपाल १ सय ३८ सांसद पुर्‍याउन ६३ सांसद रहेको काँग्रेसकै साथ अनिवार्य देखिएको छ ।

जसमा काँग्रेसका दुई जना सांसद निलम्बनमा छन् । यही परिदृश्यका बीच बुधबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल देउवालाई भेटन बुढानिलकण्ठ पुगेका थिए। करिब आधा घण्टाको भेटमा देउवाले पार्टीमा छलफल गर्ने प्रचण्ड–नेपालसँग बताएका थिए ।