Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खानेपानीका दुई जना २८ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाई डिभिजन नं ४ का इन्जिनियर नवराज सत्याल सहित दुई जनालाई २८ लाख घुससहित पक्राउ गरेको छ ।

अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई मन्थलीस्थित इन्जिनियर निवासबाट आज पक्राउ गरेको हो ।

घुससहित पक्राउ परेकामा सत्याल र सोही कार्यालयमा करारमा कार्यरत पलम्बर बखत बहादुर थापा रहेका छन् ।

उनीहरुलाई सेवाग्राहीबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

 


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल