Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा अनाडी मान्छे बसेर राष्ट्रपतिको ‘मजाक गर्ने काम गरेको आरोप लगाएका छन् । बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिको सुझावलाई संसद बाहिर अनाडीहरु बसेर मजाक बनाउँदै कुसंस्कार भित्र्याएको बताए ।
उनले संविधान, कानुन र मर्यादा समेत गठबन्धनले उल्लंघन गरेको भन्दै गठबन्धनसँग बहुमत नै नभएको टिप्पणी गरे । जोडेको बहुमतको धाक लगाउने ओलीको प्रश्न छ । उनले यही कुसंस्कार र अलोकतान्त्रिक बाटोमा हिँडेको गठबन्धनले राष्ट्रपतिको अपमान गर्ने काम गरेर महानता ठानेको भन्दै मंसिर ४ को निर्वाचनले दण्डसजाय दिने विश्वास गरे । गठबन्धनलाई जनताले पराजित गराएर छोड्ने छ, ओलीको भनाइ छ ।
उनले गठबन्धनले सत्ता बाहेक अरु केही नसोचेको पनि बताए । ओलीले गठबन्धनको गन्तव्य नै नभएको भन्दै एमाले देशको, जनताको, संविधान र कानुनको भाषा बोल्ने र सुखी नेपाली सम्मृद्ध नेपाल गन्तव्य रहेको तर गठबन्धनले मसल, स्वार्थको भाषा बोल्ने आफ्नो स्वार्थको सुख बोल्ने गरेको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रियताको पहरेदार र संवर्द्धक भएको भन्दै सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षक एमालेबाहेक अरु कुनै पार्टी नरहेको दावी गरे ।ओलीले गठबन्धनका नेताहरु घुँडा टेक्ने बाहेक केही नगरेको बताए । भने, गठबन्धनको गन्तव्य जसरी पनि घुँडा टेकेर भएपनि सत्ता प्राप्त गर्नु हो, यसो सुरुवाल तान्न लगाएर हेर्नुस् त कस्तो भएको छ घुँडा टेक्दा टेक्दा रु जोतेको गोरुको काँधजस्तो भएको छ ।
ओलीले गठबन्धनमा रहेका पार्टीहरू गठबन्धनबाट निस्कन नसक्ने भन्दै कुवामा जसले हाल्यो उसले मात्रै निकाल्न सक्ने बताए । आफै सक्नुहुन्न । अस्तित्व रक्षाको प्रयासमा हुनुहुन्छ । बाँच्न र ज्यान जोगाउन माओवादीको नाम लिँदै ओलीले भने,माओवादी पार्टी भनेको पार्टी होइन केन्द्र भनेको छ उसले । माथि मात्रै छ । तल छैन । ओलीले माओवादी केही समयमा फेमेली क्लबमा परिणत हुने दावी गरे ।
नागरिकता प्रकरणमा ओलीले एमाले नागरिकलाई नागरिकता दिनुपर्छ भनेर कानुन बनाउने प्रयासमा लागेपनि अहिले गठबन्धनमा भएकाहरुले अघि बढ्न नदिएको आरोप लगाए । नागरिकका सन्तानले नागरिकता पाउनुपर्छ भनेर अध्यादेशका रुपमा ऐन जारी गर्यो । संसदमा जानै बाँकी थियो । तर यिनै गठबन्धनवालाले मुद्दा हाल्न लाएर अदालतले बदर गर्यो ओलीको भनाइ छ । उनले एमाले फुटाउन गठबन्धनले संसद छलेर अध्यादेश ल्याएको भन्दै आफुले संसद नछलेको दावी गरे ।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल