Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चुनावी अभियान सभालाई सम्बोधन गर्न अध्यक्ष ओली ४० जिल्ला पुग्नुहुने

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न ४० जिल्ला जानुहुने भएको छ ।

एमालेका अनुसार चुनावी सभा सम्बोधन गर्न अध्यक्ष ओली ४० जिल्ला पुग्ने कार्य तालिका रहेको छ ।

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालयले १८ देखि २६ कात्तिकसम्म पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको दार्चुलासहित ४० जिल्लाका ४० वटै सभामा ओली सहभागी हुने गरी चुनावी सभाका कार्यक्रम तय गरेको हो ।

एमालेको चुनावी आमसभा आजबाटदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुँदै छ । त्यसका लागि एमाले अध्यक्ष ओली आज हेलिकोप्टरमार्फत दार्चुला जाँदै हुनुहुन्छ ।

त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल