Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । चोरीको मोबाइल नदिएको निहुँमा दुईपक्षबीच झडप हुँदा एकजना युवकको मृत्यु भएको छ। गत आइतबार बिहान दुईपक्षबीच झडप हुँदा चक्कु प्रहारबाट २३ वर्षीय अमृत भनिने सङ्घर्ष कार्कीको मृत्यु भएको र एक व्यक्ति घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको हो। अरूको घरबाट चोरेर ल्याएको किप्याड मोबाइल कसले लिने भन्ने विवाद भएपछि दुईपक्षबीच विवाद हुँदा अमृतको मृत्यु भएको प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहोराले जानकारी दिए। एक समूहले मोबाइल चोरेको देखिन्छ। चोरीको मोबाइल कसले राख्ने भन्ने विवाद भएपछि चक्कु हानाहान भएको देखिन्छ। त्यही विवादमा अमृतको मृत्यु भएको हो, उनले भने। घटना लगत्तै प्रहरी घटनास्थलमा पुगेर उनीहरूलाई उपचारको लागि केमसी अस्पताल लगेको र उपचारकाक्रममा अमृतको मृत्यु भएको थियो प्रहरीले जानकारी दियो। घाइते क्षितिज कार्की भने उपचार पछि डिस्चार्ज गरेर प्रहरी वृत्त गौशाला राखिएको प्रहरीले जनाएको हो। यो घटनामा प्रहरीले झापा भद्रपुर नगरपालिका २ घर भई गोकर्णेश्वर ६ बस्ने क्षितिज कार्की, दोलखा जिरी नगरपालिका १ घर भई हाल काठमाडौँको कपन बस्ने २२ वर्षीय युनिक लामा भन्ने नुर्वु शेर्पा र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ८ घर भई हाल गोकर्णेश्वर ८ बस्ने २० वर्षीय विशाल तामाङ छन्। एक व्यक्ति फरार रहेको र पक्राउ परेकाहरू लागु औषध प्रयोगकर्ता रहेको सूचना अधिकारी बोहोराले जानकारी दिए।
२०८१ माघ ३०
ताजा नेपाल
२०८१ माघ ३०
ताजा नेपाल
२०८१ माघ ३०
ताजा नेपाल