Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छक्काउने र छक्किने एकै

काठमाण्डौ । सरकारसँग राजनीतिक सम्झौता गरेर नेकपा माओवादी भन्दा एमालेकै लिगेसीमा झुमेका अधुरो जनयुद्ध सफल पार्ने डाङ्डुगे युद्धबाट थन्कीएका नेत्र विक्रम चन्दप्रति कार्यकर्ताको विद्रोह छ । सानो पार्टी फरक फरक गुट बनेको नेकपा चन्द पक्ष पत्रकारहरुका बीचमा समेत नामेट भयो । सरकार पक्ष प्रेस चौतारीसंग मिलेको जनपत्रकार संघले बामपन्थीको वचस्र्व रहेको ललितपुर शाखामा आफ्नो टीम उठायो तर नेतृत्वमा आउन सकेन । देशभर चन्द पक्षको हालत खस्कीयो । प्रधानमन्त्री ओलीलाई जाली छलकपटमा माहिर नेताका रुपमा लिइने माधवहरु समेत सन्तुष्ट छैनन् । दम्व र अहंकार सबै सँग छ । सरकारसँग संझौता गरेर लडेका लडाकूको रक्षा गर्न नेता नेत्र विक्रमलाई कठिन छ ।

नेकपा चन्दका नेताहरु प्रहरी कष्टडीमा भएका छुटे अदालती प्रकृयामा जेल परेकाहरु उम्कन सकेका छैनन् । माईला लामा जेलमै छन् हेमन्त प्रकाश ओली जेलमै छन् । राजपाका सांसद रेशम चौधरीलाई पनि अदालतले नै सजाँँए तोकेको हो । कानूनी जटीलता एक तिर छ राजनीति संझौता अर्काे तिर हँदा देशको शान्ति र स्थिरता झन् चर्केको छ । प्रचण्डको खेदो खनेर राजनीति फाईदा लिन नसक्दा नेत्र विक्रमले ओलीसँग लम्पसार हुनुपर्याे । कार्यकर्ता भेला संगठन विस्तारमा लागेका चन्दलाई जनताले बन्दुक र बमको आंतकको उपलब्धी सोध खोज गर्र्दैछन् ।

अधुरो जनयुद्ध सफल पार्न मोहन बैधलाई उचालेर नेकपा फुटाइएको थियो । मातृका यादव विच्किए तर संगठन बनाउन सकेनन् । जनताले पत्याएन मातृका फर्के राम बहादुर थापाले वैधलाई छोडेर आए । अहिले ओली सत्तामा लम्पसार हुने थापाको हालत धेरै समय चम्कने छैन । उनलाई राष्ट्रिय सभाको सांसद बनाउने पार्टीले सांसद खोसेको छ । नेकपामा ओलीको छाडापनको साथ दिएर सरकारमा रमाउने बादललाई एमाले भित्रको गुटबन्दीले कहाँ पर्छाछ त्यो हेर्न धेरै दिन कुर्नु पर्दैन । कार्यकर्तालाई धोका दिएका चन्द ओलीसँग मिल्दा धेरै चकित भए । दलीय रुपमा सरकारका जन विरोधी चरित्रको भण्डाफोर गर्दा एनसेललाई फाइदा पुर्याउन टावरमा बम हान्न पर्दैनथ्यो । सरकारी बजेटको भाग खोज्दै ठेकदारहरुसँग मिलेर अधुरो क्रान्ती सफल हुदैनथ्यो । शत्रुता साधेर प्रचण्डलाई मार्ने धम्की दिन चन्द र खड्ग विकको हालत जनताले थाहा पाए । यही बेला नेकपा एमालेको ओली समूहसँग चन्दको लगनगाठो जुर्याे ।

एमालेसँग मिल्नु थियो भने नेकपा माओवादी केन्द्रबाट विभाजन हुनु पर्दैनथ्यो । मोहन बैधको विचार प्रचण्डको संगठन डा. बाबुरामको व्यवस्थापन मिल्दा माओवादीप्रति जनताको विस्वास थियो । अहिले पार्टीमा गुप्तचर चम्कीए । विदेशीको पैसाले खुसीयाली मनाउनु स्वभाविक थियो । एमालेमा हिजो माओवादीको विरुद्ध लाग्ने जासुसी गर्नेहरु तीनै थिए जो ल्न्इ र क्ष्ल्न्य चलाउथे । त्यो कुरा नेत्र विक्रमलाई थाहा थियो । ओली र चन्दलाई मिलाउन यूरोपियन यूनियनको टीम काठमाण्डौमा लामो समय देखि बसेको थियो । त्यसको सम्पर्कमा पार्टी प्रवक्ता खड्ग बहादुर बि क थिए ।