Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जतिबेलै हुनसक्छ बादलको विद्रोह

काठमाडौं । माओवादी जनयुद्धमा प्रचण्डले च्याप्दै अघि बढाइएका पात्र रामबहादुर थापा बादल नेपाको विभाजन हुँदा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको बेला फेरि उनी सो समूह छाडेर प्रचण्डकै शरणमा जान लागेको चर्चा चलेको छ ।
विभिन्न कम्युनिस्ट घटकहरुले फागुन १ गते जनयुद्ध दिवस मनाइरहेका छन् । तर, नेपाल कम्युनिस्ट पार्टीको सत्तापक्षले जनयुद्ध दिवस मनाएन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले जनयुद्ध दिवस नमनाएपछि उक्त समूहका पूर्व माओवादी नेताहरु असन्तुष्ट भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादल ओलीसँग असन्तुष्ट भएका छन् । उनले पूर्व माओवादीकै रुपमा आफूलाई भागवण्डा र आफ्ना निकटस्थलाई अवसर हुनुपर्नेमा जोड दिदै आएका छन् । बादल माओवादी जनयुद्धमा प्रभावशाली नेतामध्येका थिए ।
बादलले युवा संघको पुनः संरचनामा समेत असन्तुष्टि जनाएका छन् । उनी निकट युवा संघका नेता कार्यकर्ताले पुनःसंरचनाको कार्यक्रम नै बहिष्कार गरेका थिए । ओलीसँग असन्तुष्ट बन्दै गएका बादलले कुनैपनि बेला विद्रोह गर्न सक्ने बुझिएको छ । बादलले निकटस्थसँग यसबारे छलफल समेत गरेका थिए । विश्वस्त स्रोतका अनुसार उनी नेकपाको प्रचण्ड माधव नेपाल समूहका केही नेताहरुसँग नियमित सम्पर्कमा छन् ।
यसअघि बादल पूर्व माओवादी समूह छाडेर कित्ता परिवर्तन गरेर ओली समूहमा गएका थिए । उनले प्रचण्डलाई सार्वजनिक रुपमा जावलाखेलको जु मा लगेर थुन्ने चेतावनी समेत दिएका थिए ।