Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जसपाका प्रदीप खानेपानीमा लुट्दै

काठमाडौं । उपत्यकाको खानेपानी समस्या सिंहदरबारले सुल्झाउँदैन । खानेपानी मन्त्रालयबाट मन्त्रीले चुस्ने भनेकै खानेपानी तथा ढल व्यवस्थापन विभाग, मेलम्ची खानेपानी विकास समिति हुन् । त्यही कारण जसपा राईका मन्त्री प्रदीप यादवले विभागबाट महानिर्देशक कमल श्रेष्ठलाई खेदेका छन् । त्यो बेला पनि श्रेष्ठ मेलम्ची परियोजना अन्तर्गत काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयमा निर्देशक रहेका कमल श्रेष्ठ काँग्रेसी भ्रष्टाचारी उमाकान्त चौधरीबाट खेदिएर विभागमै पुगेका हुन् ।
यस पटक मन्त्री यादवले सचिव सुरेश आचार्य मार्फत श्रैष्ठसँग पैसाको मोलमोलाई गरे तर उनले पैसा बुझाउन नसक्ने बताएपछि उनको ठाउँमा गोरखाकै … श्रेष्ठलाई ल्याइएको छ । अहिले सचिव सुरेश आचार्य पनि खानेपानी मन्त्रालयमा छैनन् । मधेशी नेताको काम मन्त्री हुनासाथ आफू मातहतका कार्यालय तथा विभागका प्रमुखहरूसँग पार्टीको नाममा पैसा उठाउनु रहेको छ । संघीय संसदको चुनावको समयमा उमाकान्त चौधरीले पिआईडीबाट लगेको गाडी कति बिगारे कति भत्काए त्यसको रेकर्ड पिआईडी र मन्त्रालयकै घर्रामा छन् ।
सो मन्त्रालयमा माओवादीका महेन्द्र यादव पनि आए, एमालेका राजेन्द्र राई पनि गए तर तिनको हल्ला भएन । देशभर सञ्जाल भए पनि जनमत पार्टीले खानेपानी मन्त्रालय सानो ठान्यो, त्यो पार्टीका मन्त्री ३ महिना पनि पुरा बसेनन् । तर मन्त्रालय सानो ठूलो नभनी जसपा राई पक्षले प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री बनेका प्रदीप यादवलाई नै पुनः दोहो¥यायो । तिनै यादव काम भन्दा दाममा जोड दिँदा खानेपानी विभागमाथि प्रहार गरेका छन् । यी मन्त्रीलाई केयुकेएल बोर्ड बैठक बस्न नसक्नुको कारण बुझ्न जरुरी भएन । जहाँ काठमाडौं महानगरका मेयर बालेन शाहले वरिष्ठ दुई प्राविधिक कर्मचारी बोर्डमा पठाउनु पर्नेमा आफ्ना दुई अवैतानिक कानुनी सल्लाहकार पठाइदिएर केयुकेएललाई असहयोग गरेको कुरामा चासो छैन । मधेशको राजनीतिले देश लुट्ने प्रमुख एजेन्डा बनाएको हो । किनकि काँग्रेसका उमाकान्त चौधरी र जसपाका प्रदीप यादवको मुल उद्देश्य नै लुट्ने हो, मन्त्रालयभित्र बहस जरुरी छ । त्यही मन्त्रालयमा महेन्द्र यादव, राजेन्द्र राईले नेतृत्व गर्दा पनि पिआईडी र खानेपानी विभागमा आतंक नहुने अव प्रदीप यादव पुगे त्यहाँ आतंक किन ? यादव स्वास्थ्यमन्त्री भएर गएपछि काँग्रेसका कटने काजी मोहन बस्नेतको लुटको श्रृङ्खलालाई निरन्तरता दिएका थिए । स्वास्थ्य उपकरण खरिद, औषधि खदिरमा यादवले फैलाएको बांंगो हातकै करामत व्यवसायीले फाइदा लिएका थिए । खानेपानीमा पुगेपछि उनले सिधैं घुस मागे नदिएपछि महानिर्देशकबाट कमल हटाइए ।