Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जसपा बटारिदा ओलीलाई सकस

काठमाण्डौ । कर्णालीको फ्ल्योर क्रसले ओली शासनको दादागिरीलाई हच्कायो । प्रदेश १ बागमति, गण्डकी, लुम्बीनीमा ओली गुटका मुख्यमन्त्री छन् । संघिय सरकारको हैकम प्रदेशमा थियो । केबल गुटको नियन्त्रणले मात्र नेकपाको सरकार बनाइनु पर्ने भयो । प्रमओलीले जसपाको माग पूरा गर्छु त भनेका छन् । तर दुई तिहाईको साथ बिना ती माग पूरा हुदैनन् । दुई तिहाई निकट भएको नेकपा छिन्न भिन्न बनाउने काम शुरु देखि नै प्रमओली र इश्वरले गरेकै हुन् । यीनले एमालेको नाउमा लुटेकै हुन् । नेकपा बनाउँदा मदन भण्डारी फाउण्डेशन एकता विरोधी काममा लाग्यो । ओलीलाई आँफू भएपछि अरुलाई केहि चाहिदैन भन्ने देखिएकै छ ।

बहुमतको सरकारलाई जोगाउने दायित्व प्रमको हो । उनले पूस ५ गतेबाट अस्थिरता ल्याए । अदालत समेत थपियो । बहुमतको सरकार लथालिङ्ग भयो । देश भ्रष्टाचार र कमिशनको दनदनीमा पर्याे । सरकार टालाटुली बोटलेर बनाउन पर्याे । अदालतले असंवैधानिक भन्ने फैसला गर्दा पनि प्रमलाई पचेन । उनले त आफ्नैलाई खेदेका छन् । जसपा पनि पूर्ण रुपमा ओली भक्त भएन । जसले अस्वीकार गरेका छन् उनीहरुलाई दुई तिहाई बिना आफ्नो मुद्दाको सम्बोधन हुदैन भन्ने थाहा छ । काग्रेसले आँट गरेनन् । माओवादीका ४९ जना सांसद भए । काँग्रेस, माओवादी जसपा मिल्दा ओली सरकार ढल्थ्यो ।

तर जसपाले ओली नै रुचायो । यहाँ भारतको साथ र सहयोग छ । भारतीय गुप्रचरसँगको रातीको बैठकले गरेका चार संझौता असत्य थिए भने भारतीय दुतावास बोल्थ्यो । प्रमओलीको नक्कली राष्ट्रवाद चुच्चे नक्सा सहितको पाठ्यक्रम छपाएर मन्त्रालयमा कुहार्ईएकै छ । पदक तथा विभूषण आफ्नैलाई दिने पँचायती चलन कम्युनिष्टको पालामा पनि भयो । काग्रेसले आँट गरेन । जसपालाई विश्वास लिएन । सरकारको नेतृत्व जसपालाई दिन माओवादी राजी भयो तर काग्रेसले आँट गरेन । यहाँ काग्रेसको चरित्र देखियो । काग्रेसले समर्थन गथ्र्यो भने जसपा नथ्थीएर ओलीको विरुद्ध आउथ्यो । देशमा संघियता, गणतन्त्र र समावेशीता भित्र मधेसले सरकार नेतृत्व लियो भन्ने हुन्थ्यो ।
काग्रेस सभापति शेर बहादुर देउवा र प्रम केपि ओली एक आपसमा मिलेका छन् । दुवैले चुनाव चाहेका छन् । वातावरण संसदले सकारात्मका सन्देश दिएन । सरकारलाई काम गर्न दलहरुले दिएनन् भन्ने प्रमओलीको आरोप पुष्टी भयो । नेकपालाई छिन्न भिन्न बनाएका प्रम केपिलाई कुकुरलाई घ्यू नपच्ने जस्तै भयो । बहुमत लथालिङ्ग बनाएर अस्थिरताको प्रवेश गराउदा जसपा विभाजीत हँुदा एमाले सग्लो रहन्छ भन्ने ग्यारेण्टी भएन । ओलीले खेदेर माधवहरु फरक धार फरक पार्टीमा छन् । नवौ महाधिवेशनले निर्वाचित गरेको टीम दशौ महाधिवेशनसम्म टिक्न नदिने ओलीवाद जागेको छ ।

 


सम्बन्धित समाचार