Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जसले प्रहरीलाई खबर गर्यो उही हत्यारा

गुल्मी । गुल्मीकी २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या आरोपमा पक्राउ परेका लालबहादुर खत्रीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या आरोपमा पक्राउ परेका रेसुङ्गा नगरपालिका ३ भाडगाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले बिहीबार सार्वजनिक गरेको हो । खत्रीले गएको माघ २९ गते राति आफू र सम्झनाकी सासुआमा टोमकला खत्री मिलेर सम्झनाको हत्या गरेको प्रारम्भिक बयानका क्रममा प्रहरीलाई बताएका छन् ।
घरबाट बेपत्ता भएको १७ दिनमा खत्रीले बारीमा घाँस काट्न जाँदा केही गन्ध आएको भनेर प्रहरीमा खबर गरेका थिए । खोजी गर्ने क्रममा घर नजिकै सडेर गलेको अवस्थामा प्रहरीले सम्झनाको शव फेला पारेको थियो । शव फेला पारेकै दिन प्रहरीले हत्याको आशङ्कामा उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । सम्झनाको हत्या भएको २० दिनपछि प्रहरीले हत्यारा पत्ता लगाइ सार्वजनिक गरेको हो । प्रहरीले लालबहादुर खत्रीको नाममा गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासू टोमकला खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । सम्झनाको हत्या र उनकी सासुले झुण्डिएर आत्महत्या के कारण गरिन् भन्नेबारे अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।