Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बाँके । लुट्ने टिम मिलेपछि जिल्लाका कमाण्डर तथा इञ्चार्ज जोसुकै आए पनि केही नाप्दैनन् भन्ने सत्य जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दाफाँट भएको छ । फाँटका प्रमुख सुदनविक्रम शाह र श्याम रोक्का दशौं वर्षदेखि मुद्दा फाँटमा बसेर आफ्नो धन्दा चलाएका छन् । उनीहरुलाई साथ दिने सई बसन्त केसी यो गिरोहका नाइके भए पनि जवान विनोद केसी घुमुवाको रुपमा डनको शैली प्रदर्शन गर्छन् । उनीसँगै पूर्ण वली दशौं वर्षसम्म त्यही छन् । उनी असई हुन् । यो टोलीमा सहायक हवल्दार भीम चौधरी, हवल्दार हातिस खाँ र सई विष्णु शाही झन् चर्चाका पात्र हुन् । यो गिरोहले जमुनाहा नाकामा सेटिङ मिलाएर सामान सप्लाई गर्ने गरेको छ । कतिपय समयमा नाकाबाट भित्रिएको सामान तस्करका गोदामहरुमा पठाउने काम पनि यसैले गर्दछ । सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानसँग पनि सेटिङ मिलाएर धन्दा चलाउने यो समूहले भारतीयहरुलाई क्यासिनोमा प्रवेश गराउँदा नेपाली जुवाडेहरुलाई पनि पैसा लिएर प्रवेश गराएको कुरा बाँके प्रहरीभित्र चर्चाको विषय बन्दैछ । व्यापारीहरुसँग उठाउनु प्रहरीका लागि नौलो होइन । तर प्रहरीको बर्दी लगाएर सीमा नाकाबाट तस्करीको लाइन खोज्नु नौलो हो । रेष्टुराँ, होटल तथा लजसँग मासिक उठाउनु पनि नौलो होइन । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयउ मात्रै त्यहाँ छैनन् । प्रदेश प्रहरीको कार्यालय पनि त्यहीं छ । सशस्त्रका सई अञ्जनजंग शाह, सई बाबुराम गैरे र असई रत्नबहादुर चौधरी पनि तस्करहरुसँग मिलेर सामान पास गर्नमा सक्रिय छन् । त्यसो त राष्ट्रिय अनुसन्धान विभागका ओम खड्का बाँकेमा उठाउनकै लागि आएको देखिन्छ । उनका सहयात्रीहरु बुद्धिप्रसाद शर्मा र उदय अधिकारीको धन्दा सशस्त्र र नेपाल प्रहरीसँग मिलेको छ । काठमिल र इँटा भट्टासँग उनीहरुले असुल्छन् । डिजिटल करेन्सीको कारोबार गर्नेसँग पैसा झारेर मुद्दा गुपचुप बनाउँदा प्रहरीले थाहा पाएपछि प्रहरीको त्यही टोली र गुप्तचरबीच मिलाप भएको हो । विभागका प्रमुख र माओवादीले दाङमा लुटेको १९ किलो सुन लुकाउन सफल शक्ति बस्नेतको नाम गुप्तचरका पौरखीहरुले भजाउँछन् । यातायातदेखि मालपोतसम्म, होटल र क्यासिनोदेखि लाहुरे रेष्टुराँसम्म पुगेर मालपोतको झमेला सल्टाउने काम अहिले गुप्तचरको बनेको छ । जहाँ सूचकहरु अर्जुन खड्का र तीकल खत्री खट्ने गर्दछन् । यिनले केही समय अगाडि सुद समेत लुटेका थिए । देवेन्द्र सुनार आफैं सुन पसले भएकाले प्रहरी र गुप्तचरले लुटेको सुन खरिद गर्ने गर्दछन् । सार्वजनिक जमिन समेत कब्जा गर्ने हैसियतका यस्ता बहादुरहरु नेपालगञ्जमा प्रशस्त छन् । जमुनाहा नाकाहुँदै क्यानिनो छिर्ने उद्देश्यले केही समय अगाडि भिœयाइएको १८ लाख रुपैँया यही टोलीले बरामद गर्दा क्यासिनोका महाप्रबन्धक अर्जुन खनालले टोली नाइकेलाई कुटेपछि टाउकोमा टाँका लगाउनु परेको थियो । गुप्तचरको ताल र प्रहरीको व्यवहार मिल्दा बाँके प्रहरी प्रमुख प्रमुख मात्रै होइनन् सशस्त्र प्रहरीका जिल्ला कमाण्डरले समेत यो टोलीलाई कारबाही गर्न नसक्दा व्यापारीहरु आतंकित पनि भएका छन् । यिनको पौरखी कर्मको खोजी जारी छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल