Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनले असाधारण महत्वको फैसला गर्ने बताएका छन् ।
कालीकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो निर्वाचन आइरहने निर्वाचन जस्तो नभएको बताए। ओलीले भने, ‘यस पटकको निर्वाचन आइरहने निर्वाचन जस्तो होइन । यस निर्वाचनले असाधारण महत्वको फैसला गर्नुपर्नेछ । निर्वाचनले देश कता जाने भन्ने फैसला गर्नेछ ।
ओलीले सिद्धिएको माओवादीलाई आफूले साथ दिएको बताए । ओलीले प्रचण्डलाई लक्षित गर्दै जहिल्यै नक्कली कुरा मात्रै गर्ने गरेको आरोप लगाए।
प्रतिनिधिसभा सधै बचिरहने कुरा नभएको उनको भनाइ छ। ओलीले भने, ‘प्रचण्ड दक्षिण पन्थीहरुको शरणमा गएपछि र आफ्नो घरमा आगो लगाएर कांग्रेसको पालीमा गएपछि मैले ताजा जनादेशमा जानुपर्यो। अहिले शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले संसद बचायौं भनेका छन् । अहिले छत प्रतिनिधिसभा । प्रतिनिधिसभा सधैं बचिरहने कुरा होइन । समयसमयमा निर्वाचन भइरहने कुरा हो प्रतिनिधि सभा । जनताको सार्वभौमसत्ता पटकपटक प्रकट हुन्छ निर्वाचनमार्फत् । ु
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल