Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जापान सरकारले पौडेललाई विभूषणबाट सम्मानित गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई आज जापान सरकारले विभूषणबाट सम्मानित गर्ने भएको छ । पौडेललाई जापान सरकारको तर्फबाट ‘ग्राण्ड कर्डन अफ द अर्डर अफ द राइजिङ सन’ विभूषणबाट सम्मानित गर्न लागिएको हो । यो सम्मानको घोषणा २०२० मै भएको थियो । त्यतिबेलै जापानमै गएर पौडेललाई जापानका राजाले नै यो विभूषणबाट सम्मानित गर्ने कार्यक्रम तय गरिएको थियो । तर, त्यतिबेला कोभिड–१९ महामारी सुरु भएकाले सीमा नाका बन्द गरिएपछि पौडेल जापान जान सम्भव नभएको र यो विभूषण प्रदान गर्ने कार्यक्रम पनि स्थगित भएको पौडेलका छोरा चिन्तन पौडेलले जानकारी दिए । पौडेललाई आज काठमाडौंस्थित जापानी दूतावासले उक्त विभूषण प्रदान गर्न लागेको छ । आज अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट सम्मान गर्ने कार्यक्रम तय भएको छ । विदेशी नागरिकलाई दिइने यो सम्मान जापान सरकारको सर्वोच्च सम्मानमध्ये पर्छ । पौडेललाई सभामुख हुँदाका बेला गरेका काम र त्यसपछि जापान–नेपाल सम्बन्धका लागि गरेको योगदानको कदरस्वरुप यो विभूषण दिन लागिएको हो । पौडेल नेपाल–जापान संसदीय मैत्री संघका संस्थापकसमेत थिए ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल