Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
डलर साट्ने बहाना पारी ठगी गर्ने खोज्ने दुई जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका(२६ नयाँ बसपार्कबाट डलर साट्ने बहाना पारी वैदेशिक रोजगारीको सिलसिलामा ओमनबाट आएका व्यक्तिलाई ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा फेला पारी २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गुल्मी ईस्मा गाउँपालिका(६ घर भई हाल काठमाडौँ नयाँ बसपार्क बस्ने ३३ वर्षीय प्रदीप कुमाल र सोही ठाउँ बस्ने ३४ वर्षीय दीपक कुमाल रहेका छन् । ओमनबाट आएका व्यक्ति घर जाने क्रममा नयाँ बसपार्कमा बसको प्रतीक्षा गरिरहेको अवस्थामा उनीहरूले डलर साट्ने बहाना पारी ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट पैसाको आकारमा रहेको कागजको बिटो तथा नेपाली १२ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल