Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कठमाडौं । धनगढीमा अनसनरत डा गोविन्द केसीको स्वास्थ्यमा स्मस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा भर्ना गरिएको छ। उनी तीन दिनदेखि धनगढीको एलएन चौकमा रहेको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसनरत छन्। अनसनकै क्रममा स्वास्थ्यमा समस्या देखिन थालेपछि उनलाई सेती प्रादेशिक अस्पतालमा लगिएको हो। डा केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउनुपर्ने माग राखेका छन्। त्यस्तै, जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने माग राखेका छन्।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल