Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ताजा नेपाल डटकम विरुद्ध सेना प्रेस काउन्सिलमा

काठमाडौं । गत मंसिर २४ गते ताजानेपाल डटकममा प्रकाशित ‘चिनियाँ रक्षामन्त्रीले किन रोजे सैन्य हेर्डक्वार्टंर’ शीर्षक समाचारप्रति नेपाली सेनाले आपत्ति जनाउँदै प्रेस काउन्सिल नेपालमा उजुरी दिएको छ । सेनासँग सम्बन्धित विषयलाई नेपाली सेनाले आपत्ति जनाएपछि ताजा नेपाल डटकमले प्राथमिकताका साथ आफ्नो प्रत्युत्तर दिएको थियो । तर सेनाले चित्त नबुझेर पुनः प्रेस काउन्सिलमा उजुरी दिएको छ । हामीलाई सेनाका विषयमा विवाद गर्नु छैन । समाचार समाचारका रुपमा दिइन्छ त्यसमा सम्बन्धित पक्षको चित्त बुझ्नुपर्छ बाध्यता हुँदैन । सेनाले प्रेस काउन्सिलमा दिएको पत्र यहाँ प्रस्तुत गरिएको छ ।

प्रेस काउन्सिलले सेनाकाे पत्रसम्बन्धी आफ्नो दृष्टिकोण स्पष्ट पारेको छ । काउन्सिलको पत्र पनि हामीले जस्ताको तस्तै समाचारमा पेश गरेका छौं भने सेनाले काउन्सिलमा दिएको उजुरी समेत यहाँ प्रस्तुत गरिएको छ ।