Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

त्यो फूर्तिको काम छैन : नेपाल

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भित्तामा पुर्याइसक्दा पनि माधव नेपाल समूहले आफ्नो जिकीर छाडेको छैन । सांसद पदको लोभ नगरी फूट्ने हिम्मत पनि छैन भने निहुरिएर ओली नेतृत्वको एमालेमा सामेल हुने अवस्था पनि अब रहेन । नेकपा एमालेका नेता माधवकुमार नेपालले विचार र इतिहासले आफ्नो समूह आधिकारिक एमाले भएको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विगतको कोअर्डिनेसन केन्द्र र नेकपा मालेको अधिकांश नेता आफूहरुतर्फ रहेको भन्दै आधिकारिकता दावी गरे । कब्जा गर्नु बेग्लै कुरा हो । विचार र इतिहासले निर्देशित गर्ने बेग्लै हो, उनले भने, हामी आधिकारिक हौं, विचारले, सिद्धान्तले र इतिहासले पनि यही भन्छ । नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्दैमा नहुने पनि बताए । नेता नेपालले प्रधानमन्त्री ओलीले नवौं महाधिवेशनमा षड्यन्त्र गरेर जितेको आधारमा फूर्ति लगाइरहेको भन्दै भने, त्यो फूर्तिको काम छैन । पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित सबै कमिटीमा आफूहरुको बहुमत रहेको बताएका छन् । उनले पदाधिकारी, स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा बहुमत आफूहरुको रहेको तर अध्यक्ष केपी शर्मा ओलीले गुट भेला मात्र गरिरहेको बताएका छन् । २२ स्थायी कमिटी सदस्य मध्ये आफूहरुतर्फ १२ र अध्यक्ष ओलीतर्फ १० जना, पोलिट्ब्युरो कमिटीका ४४ मध्ये आफूहरुतर्फ २४ र ओलीतर्फ २०, केन्द्रीय कमिटीमा ओलीतर्फ ९२ र आफूहरुतर्फ ९७ जना रहेको नेता नेपालले बताएका छन् ।