Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवाविरुद्ध उभिने पौडेल पक्षको निश्कर्ष, साझा उम्मेदवार को ?

काठमाडौं । आफ्नो र आफ्नो परिवारको घेरा बाहिर जान नसकेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई काँग्रसको सभापति पद चाहिएको छ । तर उनलाई दरिलो साथ दिने अहिलेसम्म भेटिएका छैनन् । कोइराला परिवारको पछि लागेका पौडेललाई अहिलेको कोइराला पुस्ताले वास्ता नगरेपछि उनी सारथीको खोजीमा छन् । यही मेसोमा पौडेल पक्षको बैठक सम्पन्न भएको छ। पार्टीको १४औं महाधिवेशन नजिकिएसँगै पौडेलले अब कसरी जाने ? भन्नेबारे रणनीति बनाउनको लागि छलफल गरेको हो । वसन्धुरास्थित् दियालो फूडल्याण्डमा भएको छलफलमा नेताहरुले आगामी महाधिवेशनबाट आफ्नो पक्षबाट एक भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । नेता पौडेलले भने महाधिवेशन सफल रुपमा सम्पन्न गर्नको लागि आ आफ्नो ठाउँबाट सहयोग पुर्याउने बताएका थिए । तर, सभापति शेरबहादुर देउवाले क्रियाशिल सदस्यता वितरण गर्दा फर्जी र धाँधली गरेको उनको आरोप थियो । उनले सभापतिलाई कुनैपनि हालतमा पार्टी कब्जा गर्न नदिने भन्दै त्यसको लागि सबै नेता एक भएर अघि बढ्ने कुरा राखेका थिए । त्यस्तै, आजको छलफलमा आगामी महाधिवेशनमा नेतृत्वमा को को उठ्ने ? भन्नेबारे पनि चर्चा चलेको थियो । वरिष्ठ नेता पौडेलले आफू सभापतिको स्वभाविक उम्मेद्धवार भएको भन्दै सबैले साथ दिनुपर्ने धारणा राखेका थिए । युवा नेताहरुले भने सभापतिमा सहमतिकै आधारमा एक जनाले मात्रै उम्मेद्धवारी दिनुपर्ने धारणा राखेका थिए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल