Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बुथकब्जाको सधैँ इपिसेन्टर मानिएका बैत्यश्वर गाउँपालिकाको बुथहरुमा निर्वाचन अधिकृतहरुको घृणित रबैया सर्वजनिक भैरहेको भिडियो फुटेजहरुबाट देख्न सकिन्छ ।
गठबन्धन दलका सच्चा कार्यकर्ता भएबापत खटिएका कर्मचारीहरुको रबैयाले बुथहरु कब्जा भएका, मतदाता लखेटिएका, मतपत्र फालाफाल भएका घृणित दृष्यहरु क्रमशः सार्वजनिक भैरहेका छन् । तिनै दृष्य र अन्य प्रमाणका आधारमा दोलखामा १३ स्थानमध्ये चार स्थानका चार स्थानका मतदान रद्द गर्न निर्वाचन आयोगसमेत बाध्य भयो ।
सबैभन्दा घिनलाग्दो निर्वाचन भएका वैैत्यश्वर गाउँपालिका– ६ नाम्दूको निर्वाचनमा खटिएका पवन फुयाँल जसको सेटिङमा बुथ कब्जाका षड्यन्त्र सफल भएको यावत प्रमाणहरुबाट खुल्छ । उनी तामाकोसी गाउँपालिकाका सूचना प्रविधि अधिकृत हुन् । करारका यी कर्मचारी माओवादी कार्यकर्ता भएबापत गैरकानुनी ढंगबाट करारकै भए पनि मतदान अधिकृत नियुक्त भए ।
अर्को अनौठो कुरा मतदानमा खट्ने कर्मचारीको सूचीमा नपरेका पवन फुयाँल पछिल्लो सूचीमा पारिए । स्थायी कर्मचारीहरु दुर्गममा परेको गुनासो आइरहेका बेला फुयाँल अरनिको राजमार्गसँग जोडिएको नाम्दूस्थित वैैत्यश्वर माविमा पारिए ।
आखिर तिनै फुयाँलका प्रपञ्चमा गठबन्धनका कर्मचारीलाई सही गर्दै मतपत्र दिँदै गरेको दृष्य बाहिर आएको छ । भिडियो फुटेजमा देखिएअनुसार उनले एकजना बुथकब्जा गर्ने युवालाई मतपत्र बाँड्न दिन्छन् । एकै जनाले पुरै मतपत्रका प्याडमा रुखमा छाप लगाउँछन् । अनि जय नेपाल भन्दै दुईचार जनाले भोट हाल्छन् ।
त्यो घटनाबाट असह्य भएका एकजनाले मतपेटिका फाल्छन् । खटिएका प्रहरीको इन्चार्ज सइ सहितले सिल फुटेको त्यही मतपेटिका ल्याएर फेरि चुनाव गराउँछन् । त्यो घटनाले एकजना वयोवृद्धलाई झोक चल्छ र उनी गएर फेरि अर्को मतपेटिका फुटाउँछन् । तब पनि मतदान रद्द हुँदैन । फेरि अर्को युवा जान्छ र मतपेटिकामा पानी खन्याउछ । त्यो गर्दा पनि फुयाँल र प्रहरीका सइको मिलोमतोमा गठबन्धनका रोहवरमा मतपेटिका बन्द गरिन्छ र चुनाव शान्तिपूर्ण हुन्छ ।
यस्ता रबैयाका दृष्यहरु दिउँसैदेखि जिल्लास्थित मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सेना, प्रहरी प्रमुखहरु मतपत्र छताछुल्ल भएका दृष्यहरु हात पर्छ । नाटकीय ढंगबाट प्रजिअले रिपोर्ट लिन्छन् । मतदान अधिकृत राम्रो छ भनिदिन्छन । जनपद प्रहरी प्रमुखले रिपोर्ट लिन्छन र माथि जाहेर गर्छन, त्यहाँ ठीक छ भन्छन् ।
यी सबै घटनाक्रमबारे सुरक्षाकर्मी मुकदर्शक बनेर बस्यो । जब प्रहरी मुकदर्शक बनेर बस्यो त्यसपछि त्यहाँ रहेका मतदाता तथा राजनीतिक दलका प्रतिनिधिबिच विवाद सिर्जना भयो । यति हुँदा पनि प्रहरी चुप लागिरह्यो । त्यसपछि मतदान केन्द्रभित्र भएका सबैजसो मान्छेहरुले हस्ताक्षर भएको मतपत्रको बुक नै बोकेर गोप्य मतदान केन्द्रमा जाने र आफूलाई मन लागेको उम्मेद्वारको चिह्नमा मत हाल्न लागे । यति भईरहँदा पनि त्यहाँका मतदान अधिकृत पवनराज फुयाँल मतपत्रमा हस्ताक्षर गर्दै मतपत्र दिईरहे ।
नेकपा एमालेका कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरले यसरी बुथकब्जा हुनेवित्तिकै नाम्दूको भिडियो फुटेजहरु आफँैले मुख्य निर्वाचन अधिकृत र भिडियो फुटेजहरु सम्प्रेषण गरेको बताउँछन् । त्यहाँको अवस्थाबारे बारम्बार भनिए पनि निर्वाचन नरोकिएको उनले जानकारी दिए । भिडियो फुटेज र अन्य गैरकानुनी घटनाहरुको तथ्य प्रमाणका आधारमा निर्वाचन आयोगले उक्त स्थानको मतदान वदर गरेको छ ।
को हुन पवन फुयाँल
यतिविध्न घटना भईरहुञ्जेल मतदान अधिकृत चुप बस्नुमा उनी आफैँ सत्तारुढ गठबन्धन नेकपा माओवादी निकटका कर्मचारी हुन् । तसर्थ उनी आफ्नो पहुँच पुर्याएर मतदान अधिकृत बनेर त्यहाँ पुगेका थिए । मुख्य निर्वाच अधिकृतको कार्यालयले कर्मचारी खटनपटन गर्दा पहिलो र दोश्रो लिष्टमा नपरेका करार कर्मचारी फुयाँल तेश्रो लिष्टमा आफ्नो पहुँच देखाएर मतदान अधिकृत बनेका हुन् ।
तामाकोशी गाउँपालिकाको सूचना प्रविधि अधिकृतको रुपमा करारमा जागिर खाईरहेका फुयाँल आफू माओवादी केन्द्रको कार्यकर्ता भएकै कारण पटक–पटक एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेताहरुको विरुद्धमा सामाजिक सञ्जालमै आफ्नो अभिव्यक्ति दिँदै आएका थिए । अन्तिममा मतदान अधिकृतको जिम्मेवारी पाएर पनि सुविधा सम्पन्न हाईवे रहेको मतदानस्थलमा फुयाँलले जिम्मेवारी पाउनुमा उनी बुथ कब्जा गर्ने योजनाका साथ नाम्दु गएको पुष्टी हुन्छ ।
धेरै प्याड मतपत्र हराउनु, जताततै फ्याँकेर हिँड्नु र अन्ततः कति मत खस्यो भन्ने एकिन विवरण दिन नसक्नुबाट पनि बैतेश्वर मावि मतदानस्थलको निर्वाचन कतिसम्म अव्यवस्थित र लज्जास्पद किसिमको थियो भन्ने प्रष्ट हुन्छ । यससँग सम्बन्धित विभिन्न भिडियो सामाग्री सामाजिक सञ्जालमा छ्यापछ्याप्ती सार्वजनिक भएका छन् ।
बैत्यश्वर– २ पुतलीकाठ बुथका अधिकृतको बदमासी
बैतेश्वर गाउँपालिका वडा नम्बर २ मा रहेको जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदानस्थलमा २ वटा मतदान केन्द्र रहेका छन् । यस मतदानस्थलमा निर्वाचन आयोगले तोकेकै समयमा विहानदेखि मतदान भईरहेको थियो । मतदान शुरु भएको केहि घण्टापछि नेपाली काङ्ग्रेसका स्थानीय नेता तथा निर्वाचित वडा अध्यक्ष श्याम तामाङले मतदातालाई आतङ्कित पार्ने केही गतिविधिको सुरुवात गरे । एकछिन माहौल बिग्रिएला जस्तो भयो । तर सबै राजनीतिक दलका प्रतिनिधिहरु बसेर पुनः शान्तिपूर्ण रुपमा मतदान कार्यलाई निरन्तरता दिईयो ।
अन्दाजी विहान ११ बजेतिर मतदान केन्द्र क का मतदान अधिकृत पुजन प्रसाद अधिकारीले कोही पनि मतदातालाई मतदान केन्द्रभित्र प्रवेश नगराउन प्रहरीलाई भने र आफू निष्क्रिय भएर मतदान केन्द्रभित्र बसे । त्यतिबेलासम्म करिब साढे ४ सय मत खसेको थियो । मतदान केन्द्र बाहिर रहेका ३र४ सय मतदाता मतदानका लागि भित्र जान खोजे तर प्रहरीले रोकेर उनीहरुलाई भित्र जान दिएन । मतदान अधिकृत अधिकारीको गतिविधि नियालीरहेका मतदाताहरुले मतदान अधिकृत विरुद्ध नाराबाजी गरे । जसको भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देख्न पाईन्छ । तर मतदान अधिकृत अधिकारीले अटेरी गरेरै बेलुका ४.३० बजे मतपेटिकाको सिल बन्द गराएर चरिकोट लिएर आए ।
को हुन पुजन अधिकारी
यसरी बैतेश्वरको वडा नम्बर २ का नागरिकको मताधिकार खोसेर राज्यलाई दोहोरो निर्वाचन खर्चको भार थोपर्ने मतियार कर्मचारी पुजन प्रसाद अधिकारी विगु गाउँपालिकामा कार्यरत सातौँ तहका अधिकृत हुन् । उनी माओवादी समर्थित कर्मचारी संगठनका कर्मचारी हुन् ।
जिल्लास्थित मुख्य निर्वाचन अधिकृत, प्रजिअ र सुरक्षा अधिकारीहरुले बारम्वार निर्वाचन चालु गर्न निर्देशन दिँदा पनि मतदातालाई भोट हाल्न नदिई दिउँसो १२ बजे नै मतपेटिका बन्द किन गरे उनी कोबाट निर्देशित थिए निर्वाचन अधिकृतको समेत निर्देशन पालना नगरी चुनाव बीचमै रोकेको कारण उक्त स्थानको निर्वाचन रद्द भएको छ । यहीँ मसिर १५ गते पुनः निर्वाचन हुँदैछ ।
नेकपा एमालेले निर्वाचनमा बुथकब्जा गर्ने कर्मचारीलाई मतियार घोषणा गर्ने निर्णय गरेअनुरुप अधिकारीलाई पनि बुथकब्जा गर्ने मतियार कर्मचारी’ को सूचीमा राखेको छ ।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल