Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्वाचन समितिले बुझायो नासो

काठमाडौं । नेपाल पत्रकार महासंघ, काठमाडौं शाखा निर्वाचन समितिद्वारा उपत्यका प्रदेश समितिका पार्षद सदस्यका निम्ति फर्म भरेका उम्मेदवारहरूको नामावली उपत्यका प्रदेश समितिलाई बुझाइएको जनाएको छ । शाखाको ०७७ चैत २५ मा भएको निर्वाचनमा १४९६ मतदाता रहेकोमा १२३४ सदस्यले भाग लिएका थिए । संयोजक ईश्वरी वाग्लेकाअनुसार तिनै सदस्यहरूमध्येबाट शाखाको सदस्य भएको ५ वर्ष कटेका सदस्यहरूबाट प्रदेश परिषद् सदस्य छनोट गर्नुपर्ने विधानको प्रावधानअनुसार ९४ जना छनोट गर्नुपर्नेमा निर्वाचन समितिसमक्ष आवेदन भरेका र योग्यता पुगेका ६३ जनाको आवेदन स्वीकृत गरी पार्षद्का निम्ति प्रदेश समितिलाई सिफारिश गरिएको हो । निर्वाचन समितिले पार्षद् सदस्य हुन चाहेका, नाम टिपाएका तर शुल्क नबुझाएका सदस्यहरूले प्रदेश अध्यक्ष श्रीजन झा (९८५१००६६०६), महासचिव टेनिस रोका (९८५१२४८३३०) मा सम्पर्क गरी पार्षद् सदस्यता शुल्क बुझाउन र फर्म नबुझाएकाहरूले प्रदेश कार्यालयमा सम्पर्क गरी पार्षद् बन्ने प्रक्रियामा जान आग्रह गरेको छ ।


सम्बन्धित समाचार