Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपा एसकी केन्द्रीय सदस्य तथा उम्मेदवार एमालेमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादी की केन्द्रीय सदस्य तथा समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार रीता रावल नेकपा एमालेमा फर्कनुभएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले नेतृ रावललाई सोमबार साँझ बालकोटमा अवीर र खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।

नेतृ रावल संविधान सभाकी सदस्य हुनुहुन्छ । नेकपा एसको अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव समेत रहेकी नेतृ रावलले एक अर्कासँग विचार नमिल्ने अपवित्र सत्ताधारी गठबन्धनबाट देश दुर्घटनामा पर्ने देखेर आफू एमालेमै फर्किएको वताउनुभयो । उहाँले नेकपा एकीकृत समाजवादीको पनि भविष्य छैन भन्ने आफ्नो निष्कर्ष रहेको वताउनुभयो ।

देशको भविष्य निर्माण गर्ने पार्टी एमाले मात्र भएको र विगतमा लामो समय आफ्नो योगदान पनि यसै पार्टीमा रहेकाले पुनः एमालेमै फर्किएको रावलले वताउनुभयो ।

उहाँले भन्नुभयो– म काममा विश्वास गर्छु, लोभलालच केही राखेर फर्केकी छैन,समानुपातिकतर्फको सांसद उम्मेदवारी समेत उतै छोडेर आएकी छु, जुम्लामा जन्मेर सानैदेखि अन्यायका विरूद्ध लड्नुपर्छ भन्ने मान्यतामा कम्युनिष्ट पार्टीमा लागेकी हुँ । पार्टी काममा नमूना बनेर देखाउने छु ।

नेतृ रावलले नेकपा एमाले लाई छिन्नभिन्न बनाउन सबै लागिरहेको अवस्थामा आफूूले पार्टी बलियो बनाउने काममा एउटा इँटा थप्न चाहेको वताउनुभयो ।
उहाँँसँगै समाजवादी प्रेस संगठन जाजरकोटका सचिव अर्पण रावल पनि एमालेमा फर्कनुभएको छ ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल