Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पदीय धम्की मै ओलीको जोड

काठमाण्डौ । पद त्याग्न नचाहेका र आफैले भंग गरेको संघिय संसदमा उपस्थित हुने तर संसदलाई काम नदिने प्रम ओली र उनको सरकारको अस्थिरताको जडमा एमाले कै सरकार पक्ष उभिएको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्रीको नाताले आन्तरिक समस्या हल गर्न ओली सफल भएनन् भने अन्तत देश मध्यवधिमा नै जाने हो । जुन चुनाव सरकारी पक्ष एक्लो हुने छ । जनताले नेकपालाई दिएकोे मतको सुरक्षा गर्न नस केर दूई तिहाइको सरकार अस्थिरतामा परेको हो । अध्यक्ष ओली आफै अल्पमतमा छन् ।

उनले अध्यदेशको साहरा लिएर जनता समाजवादी पार्टी फुटाउन गरेको प्रयास असफल भयो । तर उनको टीमको धम्की र दमनको ख्याल नगरि एमाले कै बहुमत पक्षले आयेजना गरेको राष्ट्रिय भेला भने स्थगित भएन । पार्टीमा बहुमतको निर्णय अल्पमतको कदर हुनु पर्छ भन्ने नीतिगत मान्यता छन् । तर ओली अध्यक्ष भए देखि नै एमालेमा कहिल्यै सामुहिकताको ख्याल भएन । गुटलाई महत्व दिइयो । सरकारमा त्यस्तै भयो । माओवादीबाट एमाले भएकाहरुको पद प्रमओलीले जोगाउन सकेनन् । उनले प्रचण्डलाई साथ त्यो बेला खोजे जुन बेला माधव पक्षले राष्ट्रिय भेला गर्दै थिए । अहिले प्रम ओलीलाई पार्टीको विधान भन्दा ठूलो बनाएर आन्तरिक एकतालाई भत्काउने काम पनि भएको छ । अल्पमतको केन्द्रीय समिति बैठकबाट संसदीय दलको नेता र पार्टी अध्यक्षको हैसियतले सम्पूर्ण कार्यभार उनैलाई सुम्पनुले पनि ओली सामुहिकतामा होइन एक्लै अगाडि बढ्न चहान्छन् भन्ने प्रमाणीत गर्दछ । राजनीति नियुक्ति संसदहरुको रेखदेख समेत उनैलाई जिम्मा दिएपछि ओली पक्षले खोजेको के हो भन्ने कुरा माधव पक्षले विरोध गर्नु स्वभाविक मान्नुपर्दछ ।

ओली शैली निरकुंश छ । जहाँ विधि विधान कार्य क्षेत्रको ख्याल हुदैन । ओलीले गुटगत भेला गर्न हुने गुटकै नाममा ५४ जना केन्द्रीय सदस्यको बैठक बसेर प्रदेश इन्चार्ज हटाउने र थप्ने गर्न हुने बहुमतले राष्ट्रिय भेला गर्न नहुने हुदैन । जंगली राज ओलीले चलाउदा पार्टीका कुनै नीति विधि हेरिएको छैन । सडकमा विधिको कुरा गर्नु अर्थ छैन ।