Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्व प्रधानमन्त्रीलाई रविन्द्रले सम्झाए विगत

काठमाडौँ । नेपालमा बाह्य हस्तक्षेप बढ्न लाग्यो भन्दो कोकोहोलो मच्चाएका पुर्व प्रधानमन्त्रीहरुलाई विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफू सत्तामा रहँदा विदेशीसामू लम्पसार परेको आ–आफ्नो इतिहास सम्झिन चुनौति दिएका छन् । पाँच पूर्व प्रधानमन्त्रीहरूले मुलुकमा अहिले विदेशी हस्तक्षेप भइरहेको भनी संयुक्त रुपमा वक्तव्य जारी गरेकोप्रति टिप्पणी गर्दै मिश्रले विगतमा तिनले स्वाभिमान साथ काम गरिदिएको भए आज नेपालको शीर यति नझुक्ने बताएका हुन् । पाँच पूर्व प्रधानमन्त्रीहरूले शनिबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको हस्तक्षेप स्वीकार्य नहुने बताएका थिए । मिश्रले राजदूतका सामू थरथर काँप्ने यिनलाई बल्ल विदेशी हस्तक्षेपको पीर पर्‍यो ? भन्दै टिप्पणी गरेका छन् । मिश्रले ट्वीट गर्दै अरूलाई खाने बाघले आफूलाई नि खान्छ भन्ने बुझिदिएको भए यो स्थिति नआउने बताएका छन् ।
मिश्रले लेखेका छन् , ‘यी ५ प्रमले विदेशीसामू लम्पसार परेको आ–आफ्नो इतिहास सम्झिउन् । यिनले स्वाभिमान साथ काम गरिदिएको भए आज नेपालको शीर यति झुकेको हुने थिएन । राजदूतका सामू थरथर काँप्ने यिनलाई बल्ल विदेशी हस्तक्षेपको पीर पर्‍यो ? अरुलाई खाने बाघले आफूलाई नि खान्छ भन्ने बुझिदिएको भए यो स्थिति आउने थिएन कि ?’


सम्बन्धित समाचार