Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पेरिश डाडामा नेताहरुको भिड

काठमाडौं । सम्बैधानिक र कानूनी रुपमा स्पस्ट बहुमत भएपनि निर्र्वाचन आयोगले निश्पक्ष्यता देखाउन नसक्दा नेकपा प्रचण्ड माधव समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्नु पर्ने बाध्यता खडा भएको छ । आयोगलाई २८७ जना केन्द्रीय सदस्यहरुको नाम बुझाए पनि आलटाल गरेपछि नेकपाको बहुमत पक्ष निर्वाचन आयोग जाने तयारी गर्दै आकश्मिक बैठक बसेको हो ।

बैठक दिउँसो एक बजेदेखि शुरु भएको छ । यो समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन हिजो मात्रै भनेको थियो । नागरिकतासहित केन्द्रीय सदस्यहरु काठमाडौं आएपछि एक बजेबाट बैठक बसेको हो ।

संसद् विघटनविरुद्ध चौथो चरणको आन्दोलन गरिरहेको यो समूहले निर्वाचन आयोगमा गएको २० माघमा वैधानिकताका लागि निवेदन दिएको छ । तर आयोगले प्रधानमन्त्रीको हुकुमी, निर्देशनको कारण थप प्रक्रिया अगाडि बढाएको छैन । बरु, राजनीतीक दलहरुको भावना विपरीत मध्यावधि निर्वाचनको प्रक्रिया अगाडि बढाएको छ ।

पार्टी विभाजन अगाडिको ४४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये ३१५ बढी आफ्नो पक्षमा भएकाले नेकपाको वैधानिकता पाउनुपर्ने दावी यो समूहले गर्दै आएको छ ।