Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डले भने दोष ओलीको मात्रै होइन

काठमाडौं । केपी ओलीलाई तह लगाउन नसकेकोमा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मालोचना गरेका छन् । प्रचण्ड नेपाल समूहले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् ।

यद्यपि आफूहरुले घोषणापत्रमा भने जस्तो गर्न प्रयास भने गरेको दाबी गरे । प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको भन्दे उनले भने, केपी ओलीलाई तह लगाउन सकेनौं । यसमा हाम्रो पनि कमजोरी रह्यो । उनले अघि भने, केपी ओलीलाई मात्र दोष दिएर हामी चोखैं हुन्छौं भन्ने लागेको छैन । अब केपी प्रवृत्ति प्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भुल गर्ने छैनौं ।

त्यसो गरेर फाइदा हुने रहेछ । उनले आफूहरु राष्ट्रपति इमान्दार रहेको र अब पनि रहने दावी गरे ।