Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीकै कुर्सीमा छ देउवाको नजर

काठमाडौं। सिंगो पार्टी संसद विघटनको विपक्षमा उभिँदा भित्रभित्रै पार्टी सभापति शेरबहादुर देउवा भने संसद विघटनको पक्षमा देखिएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावको पक्षमा छन् । उनी प्रतिनिधि सभा विघटनबारे अदालतको फैसला पर्खन भन्दै आएका छन् । साथै चुनावमा गएर समस्या समाधान गर्न सकिने जिकिर गरिरहेका छन् । देउवाको चुनावप्रतिको व्यग्रताको कारण नेपाल कम्युनिस्ट पार्टी विभाजनको अवस्थामा हुनु र काँग्रेसको १४ औं महाधिवेशन केही पछि धकेल्नु मुख्य कारण देखिएको छ । उनी चुनाव भएमा काँग्रेसले सानदार मत ल्याउने आशामा छन् । पछिल्लो समय चुनावप्रति देउवाको बढी मोहको कारण प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भित्री समिकरण पनि हो । ओलीले देउवालाई संवैधानिक परिषद्बाट संवैधानिक आयोगमा हालै भएका नियुक्तिमा विभिन्न क्षेत्रमा भाग दिएका छन् । कतिपय निकायमा देउवा निकटस्थ नियुक्त हुनु संयोग मात्र होइन । अर्कोतर्फ, नेकपा विभाजनपछि प्रदेश सरकारहरु धरापमा पर्न थालेका छन् । ओली निकटस्थ मुख्यमन्त्रीहरुमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि देउवासँग समिकरण गरेर असफल बनाउन ओली पक्षधर सक्रिय भइसकेका छन् । प्रदेशमा समिकरणको तयारी भएको छ ।
देउवालाई ओलीले नजिक पारेपछि नेकपा प्रचण्ड माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल शतर्क भएका छन् । उनीहरुले देउवालाई यसै हप्ता भेटेर भविष्यसम्म सहकार्य गरेर जाने प्रस्ताव गरेका छन् । विश्वस्त स्रोतका अनुसार देउवालाई संसद पुनःस्थापनाको पक्षमा उभिएमा त्यसपछि गठन हुने सरकारमा प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्ड र माधव नेपालले गरेका छन् । कुनै महत्वपूर्ण प्रस्ताव विना देउवा नमान्ने बुझेर प्रचण्ड र नेपालले प्रधानमन्त्रीकै प्रस्ताव गरेका छन् । तर, देउवाले यसलाई सकारात्मक रुपमा लिएका छैनन् । उनी संसद पुनःस्थापना भन्दा नयाँ चुनावबाट प्रधानमन्त्री बन्ने दाउमा छन् । देउवाले संसद पुनःस्थापनामा साथ नदिएमा आन्दोलन कमजोर हुने प्रचण्ड र देउवाको बुझाई छ ।