Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाबुराम भन्छन् गणतन्त्र खारेजको षड्यन्त्र भयो, वर्षमान भन्छन्, मध्यरातमा डकैती गरियो, गगन आगो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारले मुलुक चुनावमा होमिएपछि सामाजिक सञ्जालमा बहस शुरु भएको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान र गणतन्त्र नै खारेज गर्ने प्रपञ्च भएकाले त्यसको प्रतिवाद गर्नु पर्ने बताएका छन् । शुक्रबार राति प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मिति तोकेपछि ट्वीट गर्दै डा।भट्टराईले यो मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको बताएका हुन् । भित्री–बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र, सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक, असंवैधानिक, प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म,’ भट्टराइले ट्वीटमा भनेका छन्, यो कुनै मध्यावधि चुनाव होइन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऔं, प्रतिवाद गरौं ।’
उता, नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्रधानमन्त्रीका लागि दुवै पक्षले गरेका दावीलाई अस्वीकृत गर्ने राष्ट्रपतिको निर्णयलाई ‘मध्यरातमा डकैती गरेको’ संज्ञा दिएका छन् । ‘मध्यरातमा डकैती गरियो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।’ संविधानको धारा ७६९५० बमोजिम केपी शर्मा ओली र शेरबाहादुर देउवाले गरेको दावीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकृत गरेकी छिन् । राष्ट्रपतिको उक्त निर्णय सँगै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।

उता, कांग्रेस युवा नेता गगन थापा लेख्छन्,  खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद!विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरी विघटन!कस्तो सेटिङ!प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो।लिए! सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्
नेतागण!नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।