Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्ने अवधी १५ दिन थप भएको छ। नेपाल राष्ट्र बैंकले सावाँ र व्याजको किस्ता तिर्ने म्याद १५ दिनको लागि थप गरिदिएको हो। देशका विभिन्न भागमा आएको बाढी पहिरोको कारण १५ दिन म्याद थप गरिएको राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकले बाढी पहिरोको कारण सावाँ र ब्याजको किस्ता रकम भुक्तानीमा कठिनाई हुन सक्ने भन्दै असार मसान्तसम्म तिर्नुपर्ने किस्ता रकम साउन १५ सम्म तिर्दा हुने र त्यसलाई बैंकहरुले नियमकारी कोषमा जम्मा गर्नु नपर्ने व्यवस्था गरिदिएको हो। आर्थिक वर्षको अन्तिम समय भएकोले बैंकबाट लिइएको ऋण तिर्ने समयमा बाढी पहिरो आएकाले क, ख र ग वर्गको जुनसुकै बैंकको ऋण तिर्ने सयम समेत १५ दिन सारिएको राष्ट्र बैंकले जनाएको छ। यस्तै केन्द्रीय बैंकले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याज रकम नियमनकारी कोषमा जम्मा गर्नु नपर्ने व्यस्थालाई आर्थिक वर्षको समापनलाई मध्यनजर गर्दै १ महिना बनाएको सर्कुलरमा उल्लेख छ। उक्त व्यवस्था सँगै १५ दिनको लागि बैंकको ब्याज तिर्ने समय थप भएको छ। अहिलेको व्यवस्थामा आर्थिक वर्ष सकिएको १५ दिनसम्म बैंकको ब्याज तिर्दा बैंकहरुले अघिल्लो वर्ष तिरेको समेतगरी मिलाउने छुट थियो। अब १ महिनासम्म प्राप्त भएको ब्याजलाई त्यसरी मिलाउन पाउने छन्।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ५
ताजा नेपाल