Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलिबाट सडक खचाखच

काठमाडौं । सरकारले भोलिबाट लागू हुने गरी सार्वजनिक यातायातमा जोरबिजोरमा सञ्चालन गर्न दिने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै निर्णय लिन लागेको बुझिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना भाइरसको जोखिमको समिक्षा गर्दै निषेधाज्ञा खुकुलो बनाउन लागेको हो । जस अनुसार सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा खुलाउन लागिएको बुझिएको छ । सरकारले विद्यालयहरु भने अझै बन्द गराउने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । निजी सवारी मात्रै गुड्दा त सडकमा जाम शुरु भइसकेको बेला थपिने सार्वजनिक सवारीले पुरानै अवस्थाको भान गराउने निश्चित छ । तर कोरोनोको जोखिम भने घटेको छैन ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल