Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सुचना तथा सञ्चार मन्त्री पार्वत गरुङले अन्लाइन न्यूज पोर्टलहरुको हरेक वर्ष पुस मसान्त सम्म नविकरण गर्नु पर्ने झञ्झट अन्त गरेको घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेसनको उद्घाटन कार्यक्रममा मन्त्रीले सो घोषणा गरेका हुन् । उनले पत्रकारको परिचय पत्र र अन्लाइन नवीकरणमा हुने असुविधा हटाउन मन्त्रालयको तर्फबाट आवश्यक प्रकृया थालिने आश्वासन दिएका छन् । अबका दिनमा अन्लाइनहरुको नविकरण ५ वर्षमा गर्ने व्यवस्थाको तयारीका निम्ति आफू इमान्दार पूर्वक लाग्ने पनि उहाँले बताउनु भयो ।
श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, लोककल्याणकारी विज्ञापनको रकम वृद्धि जेष्ठ पत्रकारहरुको सम्मान वृद्धि जस्ता कूरामा सरकारका तर्फबाट आफूले सक्दो सहयोग गर्ने विश्वास पनि मन्त्रीले दिलाए । दुई सत्रमा विभाजित महाधिवेशनमा प्रमुख अथिति उपराष्ट्रपति नन्द बहादुर पुन रहेका थिए । सहभागी वक्ताहरुले नेपाली प्रेसको समस्या समाधानका निम्ति राज्य इमान्दार नभएको बताइरहदा विभागीय मन्त्री गुरुङले आफ्नो कार्यकालमा नेपाली प्रेसको हित पत्रकारहरुको कल्याणका योजनाहरु लागू गर्न आफूलाई पत्रकारहरुको तर्फबाट संस्थागत र व्यक्तिगत स्वार्थ आवश्यक परेको बताएका थिए ।
गुरुङले आफू सञ्चार क्षेत्रको जानकार नभएपनि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध नलाग्ने विश्वास दिलाए । नेपाली प्रेसका हितको निम्ति आफ्नो कार्यकालमा भएका काम राम्रै हुन्छन् स्वतन्त्र प्रेस विरुद्ध जान म पनि सक्दिन गरुङको भनाई थियो । ओली सरकारका मन्त्रीहरु मध्ये सरल मानिन्छन् । देशभरका पत्रकार नेताहरुको सहभागीतामा सम्पन्न महाधिवेशनले महासचिव रमेश विष्ट कोषा अध्यक्ष राजेश मिश्र अध्यक्ष गोविन्द आर्चाय द्वारा प्रस्तुत प्रतिवेदन पारित छ । आगामी एक महिना भित्र जिल्ला प्रदेश र केन्द्रको निर्वाचन एकै दिनमा सम्पन्न हुने भएको छ । यस पटक महासंघको नेतृत्वमा पुग्न देशैभरिका सदस्यहरुले मतदान गर्नेछन् । निर्वाचन समितीले तोकेको मितीमा मतदान हुने बताइएका छन् ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल