Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महानगर कार्यालय घेराउ गर्दै सुकुम्बासी

काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी महानगरपालिकाको कार्यालयअगाडि भेला हुँदै छन् । उनीहरूले काठमाडौं महानगरको कार्यालयअगाडि धर्ना दिन लागेका हुन् ।
सोमबार सो बस्ती हटाउने क्रममा झडप भएको थियो । बस्ती खाली गराउन नदिने भन्दै उनीहरू विरोध प्रदर्शनमा उत्रिएका थिए ।
महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार सुकुम्बासी अहिले महानगरको गेटमा भेला हुन थालिसकेका छन् । महानगर कार्यालय गेटमा भेला हुन थालिसके । मेयर साबले केही गर्नुहोला । अहिलेसम्म केही टुंगो लागेको छैन । दिनभरि के हुन्छ हेरौँ, एसपी पाण्डेले भने ।
सोमबार डोजरसहित उक्त सकुम्बासी बस्तीमा पसेको नगर प्रहरी टोलीमाथि ढुंगामुढा गरिएको थियो । त्यसक्रममा ३६ नगर प्रहरी घाइते भएका बताइएको छ ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल