Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाराजगञ्जमा ईभी माइक्रो अनियन्त्रित हुँदा ८ सवारीसाधनमा ठक्कर, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको महाराजगञ्ज क्षेत्रमा ईभी माइक्रोबस अनियन्त्रित भई आठ वटा सवारीसाधनमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

प्रहरीका अनुसार महाराजगञ्जबाट सुकेधारातर्फ जाँदै गरेको ईभी माइक्रोबसले दुई वटा ट्याक्सी, एक पिकअप, एक बससहित आठ वटा सवारीसाधनमा ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका लमजुङका रामकृष्ण अवालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ।

दुर्घटनामा घाइते भएका अन्य छ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।


सम्बन्धित समाचार